Trending
>>   राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिन्छ : गृहमन्त्री >>   रास्वपा काङ्ग्रेस-एमालेदेखि टुटेफुटेका सबै दलको विपक्षि हो ! >>   घुसपैठकाे आशंकाः कुटाइ खाने त्रिपाठी र हातपात गर्ने केसी दुवै कांग्रेस ! >>   शहीदको स्मरणमा शनिवार साँझ जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गरिने >>   टाइगर कप भलिबलमा दुई विदेशी टोली >>   काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु >>   माधव नेपालको प्रश्नः संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने ? >>   इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी >>   चर्चित गायिका मेलिना आजै प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कस्दै >>   तोलामा १३ सयले बढ्यो सुन, आज कतिमा भईरहेकोछ कारोबार ?
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

मुख्य समाचार


सीआईबीका दुई जना डीएसपी हेडक्वार्टर तानिए

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना डीएसपी रुगम कुँवर र दुर्गा दाहाललाई जिम्मेवारीबाट हटाइएका छन् ।उनीहरूमाथि ६० किलो र भेपमार्फत भएको सुन तस्करीमा त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको जाँचबुझ निष्कर्ष छ । प्रतिवेदनले कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरुलाई सीआईबीबाट हटाउने निर्णय भएको छ। सुन

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलका अनुसार बिहीबार सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएसँगै शुक्रबार मुद्दा दर्ता गर्दै १

सरकार र लघुवित्त पीडितबिच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । लघुवित्त पीडित र सरकार बीच ६ बुँदे सहमति भएको छ । शुक्रबार र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीबीच र सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल सहमतिपत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर संगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन् । अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा

परराष्ट्रमन्त्री र युराेपियन युनियनका राजदुत भेटवार्ता

काठमाडौँ ।नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र Ambassador of European Union बीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ । तस्बिर: प्रदीप राज वन्त

सुन तस्करीकाे अनुसन्धानमा गम्भीर त्रुटि देखिएपछि सीआईबी प्रमुखलाई हटाउने तयारी

काठमाडौं । सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको हो ।

दुम्जाको टावरमा कुकर बम विस्फोट

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो ।

प्रतिनिधिसभा बैठक जारी (लाइभ)

काठमाडौ।  प्रतिनिधिसभा बैठक जारी छ , संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान ११ बजेका लागि बोलाइएको  थियाे ।संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ,राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयक २०८० लगायत प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा

सुन तस्करी प्रकरणः सीआईबी प्रमुख सहित बहालवाला एसपी र डीएसपीलाई कारबाही सिफारिस !

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो । योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा

सुन तस्करी प्रकरण: महरालाई मुद्दा चलाउन सिफारिस !

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल होः मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उहाँले छायाँकन स्थल र कथावस्तु दुबै हिसाबले नेपाल चलचित्रका लागि महत्वपूर्ण स्थल भएको बताउनुभयो । ‘हिमाल,

सम्वन्धित समाचारहरु