Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ममाथि लागेको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने तयार छु : प्रा.डा. संग्रौला


काठमाडौँ। प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् ।

आईतवार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउनुभएको हो । उनले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए । उनले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताएका छन् । कसैले सञ्जालमा लेखेको विषयलाई मिडियाले ट्रायल गर्ने हो भने राम्रा मान्छेहरु पीडित हुने उनको भनाइ छ ।

उनले भने, ‘मेरो ३७ वर्षको इन्टिग्रेटीमा राज्यको कुनै अनुसन्धान निकायले त्यस्तो सूचना प्राप्त गर्छ र अनुसन्धान गर्छ भने मलाई हत्गडी लगाएर लैजान सक्छ । तर कुनै एउटा व्यक्तिले सामाजिक सञ्जालमा आफू कुन अवस्थामा छ भन्ने पनि राम्रोसँग नबुझी सामाजिक सञ्जालमा आएर गाली व्यज्यति गर्छ, आमाचकारी बोली बोल्छ, म तलाई मार्छु, तेरो छोरी मार्छु भन्छ र उ आफै के भन्छ भने म पीडित होइन अरुको पीडाको लागि बोलेको छु । यो देशमा खुल्ला र स्वतन्त्र न्यायपालिका छ, अनुसन्धान गर्ने प्रहरी प्रशासन छ जसमाथि मेरो विश्वास छ । अनुसन्धान गर्ने महान्यायाधीवक्ताको कार्यालय छ त्यसमाथि पनि मेरो विश्वास छ । त्यहाँ जाँदैन तर अमुक व्यक्तिको नाम लिएर त बलात्कारी होस् भन्छ । आरोप के भने क्लासमा पढाउँदा तैले महिलाको शरीरका बारेमा कुरा गर्छस्, एलजिबिटिक्यूआइको विरोध गरिस् भन्ने आरोप लगाउँछ । र यस्तै एउटा अमुक व्यक्तिले समाजिक सञ्जालमा रोखेको कुरालाई स्रोत मानेर यदि देशमा बहस हुन थाल्यो भने सञ्चारका साधनहरुमा बहस हुन थाल्यो भने र मिडिया ट्रायल हुन थाल्यो भने युवराज संग्रौला मात्रै समाप्त हुँदैन, तर नराम्राहरुको त उन्नती हुँदै जाला तर राम्राहरु जति सिद्धिन्छन् ।’

प्रा.डा. युवराज संग्रौलामाथि लगाएको यौन दुव्र्यवहारको आरोपको अनुसन्धान गर्न काठमाडौं स्कुल अफ लको व्यवस्थापनले डा. श्रीकृष्ण भट्टराईको संयोजनमा वरिष्ठ पत्रकार तीर्थ कोईराला र अधिवक्ता सीमा धामीसहितको जाँचबुझ समिति गठन गरेको छ ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?