Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नेपालले आँखा उपचारमा विशिष्टता हासिल गर्नु गौरवको विषयः स्वास्थ्यमन्त्री


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा आँखा उपचारमा विशिष्टता हाँसिल हुनु गौरवको विषय भएको बताएका छन् ।

आईतवार मन्त्रालयमा आँखा परीक्षणसम्बन्धी कार्यक्रमका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तीलगंगा आँखा अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आँखाको लेन्स उत्पादन र उपचार विधिमा नेपालका सन्दुक रुइतको नाम विश्व विख्यात बनेको बताउदै उनले तीलगंगाले विकास गरेको आँखाको लेन्स र उपचार विधिप्रति नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा समेत विश्वसनीय बनेको बताए । उनले डा. सन्दुश रुइतले गरेको कामलाई राज्यले थप बिस्तार गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमकै रुपमा बजेट विनियोजन गरेर काम अगाडि बढाउन आफुले सहयोग गर्ने उनको भनाइ छ ।

उनले भने, ‘गैरसरकारी क्षेत्रबाट विशेष गरी सन्दुक रुइतको नेतृत्वमा नेपालमा आँखा उपचारमा एक खालको विशिष्टता हासिल हुने स्थिति बनेको छ । यो चाहिँ हाम्रो राष्ट्रिाय गौरवको विषय पनि हो । उहाँको यो कामलाई थप कसरी रिकग्नाइज गर्न सकिन्छ, राज्यबाट कसरी सहयोग पु¥याउन सकिन्छ त्यो सन्दर्भमा हामीले काम गर्न खोजेको हो तर कतिपय विषयहरु आइसकेका रहेनछन् । हेटौडामा बन्दै गरेको ल्याबको बारेमा जुन कुरा भयो यो पटककै बजेटमा उपस्थिति रह्यो भने हामी त्यसका लागि प्रयास गर्नेछौँ । यसले राष्ट्रिय रुपमा मात्रै होइन अन्तर्राष्ट्रिय जगतमा पनि यसले विश्वसनीयता हासिल गरेको छ । यहाँबाट उत्पादिन आँखाको लेन्स तीलगंगाको उपचार विधिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विश्वास हासिल गरेको छ । आँखा उपचारको सन्दर्भमा लेन्स उत्पादनमा संसारभर नै विख्यात बनेको छ सन्दुक रुइतको नाम । यो काममा हामीले कसरी बढी सहयोग गर्नसक्छौँ, अझ बढी दायरा कसरी बढाउन सक्छौँ भन्ने कुरामा राज्य पक्षबाट नीतिगत र कार्यान्वयनको सन्दर्भमा कसरी सहयोग पु¥याउन सकिन्छ हामी आगामी दिनमा पनि फेरि छलफल गर्नेछौँ र यो सम्झौताले पनि केही हदसम्म त्यो प्रक्रियामा सहयोग पुर्याउछ भन्ने विश्वास लिएका छौँ ।’

विभिन्न कारणले दृष्टि गुमाएका व्यक्तिहरुका लागि डा.सन्दुक रुइतको नेतृत्वमा तीलगंगा आँखा अस्पतालले लेन्स विधिमार्फत उपचार गर्दै आएको छ । कम शुल्कमा उपचार गर्ने विधिका कारण डा. रुइतले आविष्कार गरेको लेन्सको माग विश्वभरबाट आएको बताइएको छ । सरकारको सहयोगले लेन्स उत्पादनको दायरा बढ्ने अस्पतालको भनाइ छ ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?