काठमाडाैं । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्दै देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव अघि सारेका छन्।
उनले गणतन्त्रवादी दलहरू मात्र सहभागी हुने र सकेसम्म एमालेलाई अलग राख्ने तर आवश्यक परे एमालेलाई समेत समेट्ने बताएका छन्। राजसंस्थावादी शक्ति हावी हुन लागेको भन्दै गणतन्त्रवादी एक हुनुपर्ने उनको धारणा छ।
प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार