काठमाडौं । उग्र जेनजी प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन्। सिंहदरबार, संसद् भवन, शीर्ष नेताहरूको आवास, पार्टी कार्यालय र प्रहरी प्रभागमा समेत आगजनी र तोडफोड भइरहेका छन्।
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ । आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग
जनकपुर। नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् । आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुङ्गामुढा
काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै न
काठमाडौं । काठमाडौंको उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट उपत्यका प्रवेश गर्ने नाका साँगामा मानिस र सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा जारी कर्फ्यु आदेशसँगै जिल्ला प्रहरी प्रमुख कोमल शाहले प्रवेश नाकामा कडाइ गरिएको जानकारी दिएका छन् । जेनजीहरूको विरोध प्रदर्शनमा हिजो काभ्राका विभिन्न स्थानमा झडप हुँदा १९ जनाको मृत्यु भएको थियो
विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले आजको घटनापछि वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् । माजिक सञ्जालमा लेख्दै कोइरालाले जेनजी पुस्ताको माग जायज रहेको उल्लेख गर्दै सरकार अधिनायकवादी ढंगले विद्यार्थीमाथि गोली चलाएको आरोप लगाएका छन् । कोइरालाले घटनाको कडा निन्दा गर्दै मृतक र घाइते परिवारप्रति समवेदना प्रकट गरेका
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्। सोमबारको जेनजी प्रदर्शन हिंसात्मक बनेर १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
काठमाडौँ । जेनजी को आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज भएको जेनजी को आन्दोलन र हिंसात्मक घटनालगायत र नियमित कार्यसूचीको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।
रुपन्देही । रुपन्देहीमा सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि भोलि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रमा तोकिएका सीमाभित्र कुनै पनि सभा, जुलुस, प्रदर्शन, भीडभाड र आवतजावत गर्न नपाइने व्यवस्था गरिएको छ। कर्फ्यू बुटवल क्षेत्रमा पूर्वमा पेट्रोल पम्प