ललितपुर। रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाःबहाल पुर्याइएको छ । रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पुर्याइएको हो । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइ भएको बताएकी छिन् । नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उनको भनाइ छ ।
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताएका छन् । बिहीवार १ सय ३६ औं श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आवद्ध मजदुर संगठन (टुकोन) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौति दिन खोजेको बताएका छन् । १ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन्। बिहीवार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमीकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताएका छन् । बिहीवार बालुवाटारबाट १ सय ३६ औं श्रमीक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले श्रमीकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताएका छन् । श्रम
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको बताएका छन् । बुधवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि चौधरीलाई भेट्न डिल्लिबजार कारागार पुगेका उनले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताउदै अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताएका छन् । बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यसलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने र विद्यालय, कार्यस्थल र समुदायहरूमा बलियो साझेदारी निर्माण गर्ने लक्ष्यअनुसार सरकारले काम गरिरहेको जिकिर गरेका छन् ।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले नेपालले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अनुमोदन गरेको उल्लेख
काठमाडौँ। आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शितलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । महादेव र पार्वतीको विवाह भएको दिनका रुपमा पनि अक्षय तृतीयालाई लिने गरिन्छ । अक्षय भनेको