Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने अनुदानमात्रै लिनुपर्छः जनार्दन शर्मा


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै सरकारले लिनु उचित हुने बताएका हुन् । उनले नेपालले पैसामा लगानी गर्ने नभइ नीतिमा लगानी गर्ने गरेको बताए । सरकारले लिएका बढी अनुदानहरु नीतिगत हस्तक्षेपको रुपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको जिकिर गरे । आफूले भनेअनुसार लगानी गर्न नपाउँदा देशको आवश्यकताअनुसार चल्न नसकिएको बताएका छन् । राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता स्वीकार गर्न जरुरी रहेको उनको भनाइ छ । दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरु मात्रै स्वीकार गर्न आवश्यक रहेको बताए ।

पूर्वअर्थमन्त्री शर्माले भने, ‘हाम्रो लगानी पैसामा होइन, नीतिमा हुँदो रहेछ । नीतिगत हस्तक्षेपको रुपमा आउँदो रहेछ । हामी स्वतन्त्रै छैनौँ । हामीले भनेअनुसार लगानी गर्न पाउने कुरा होइन रहेछ । के हो त्यो भनेअनुसार गर्नुपर्ने । हाम्रो देशको आवश्यकतामा हामीले हाम्रो देशको अर्थतन्त्रलाई रक्षा गर्न केही निर्णय गर्यो भने यति दबाब, यति हस्तक्षेप, नीतिगत हस्तक्षेपबाट मुक्त स्वतन्त्र ढंगले लगानी गर्नसक्ने फण्ड लिने हो हामीले । तर सबै कुरा बाँधिएका छन् । नीतिगत यस्ता विषय छन् जसले हामीलाई आफ्नो भएको कुरा पनि प्रयोग गर्न नसक्ने अवस्थामा पुर्याउने कुराबाट मुक्त हुनुपर्छ । हाम्रो राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता हामीले स्वीकार गर्ने हो । नीतिगत रुपले भन्दा दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरु हामीले लिने हो ।’

पूर्वअर्थमन्त्री शर्माले आफ्नो ढंगले सञ्चालन गर्न नसक्ने, नपाउने र नेपालको अवस्थालाई सुधार गर्ने भन्दा त्यही ऋणमा परेर अझ समस्यामा पर्ने हो भने ति कुराहरु आवश्यक नरहेको बताए । नेपालको लगानी जरामा नभइ पातमा भइरहेको जिकिर गरे ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?