Trending
>>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

बाइल्याटरल ऋण लिन बन्द गर्नुपर्छः पूर्वअर्थमन्त्री महत


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरु लिन नहुने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको तरिकाबाट लिइरहेको बाइल्याटरल ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गरे । नेपालले उदार र महंगो दरमा ऋणहरु लिन नहुने उनको भनाइ छ । बाइल्याटरल ऋणका शर्तहरु नसुहाउँदो रहेको भन्दै उनीहरुकै ठेकदार र उनीहरुलाई छोटो समयमै फिर्ता दिनुपर्ने महंगो ब्याजको ऋण लिन बन्द गर्नुपर्ने बताए । उनले बहुपक्षीय ऋण नेपालले लिएर आफ्नो आवश्यकताका आधारमा लगानी गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताएका हुन् । आफू आन्तरिक ऋण बढाउनै हुँदैन भन्ने पक्षमा नरहेको पनि स्पष्ट पारे ।

पूर्वअर्थमन्त्री महतले भने, ‘बाइल्याटरल ऋण जसरी हामी लिइरहेका छौँ, त्यसले हामीलाई फाइदा दिइरहेको छैन । यस्तो मुनिफिसेन्ट र कस्टली ऋणहरु हामीले लिनु हुँदैन । बाइल्याटरल ऋण यही तरिकाबाट लिन बन्द गर्नुपर्छ । बाइल्याटरल ऋणका जुन तमाम शर्तहरु छन्, उनीहरुकै सामान, उनीहरुले ठेकदार र त्यसमाथि सर्ट टर्ममै रिटेन गर्नुपर्ने र हाइ इन्ट्रेस्ट रेट । यो कुनै हामीलाई सुट गरिरहेको छैन । कि त हामीले मल्टील्याटरल एजेन्सीबाट जसरी लिन्छौँ त्यो शर्त स्वीकार गर्नुपर्छ । होइन भने हामी बाइल्याटरल ऋण डिस्करेज गर्नुपर्छ । र मल्टील्याटरल ऋण लिने तर मल्टील्याटरल ऋणमा हाम्रो प्रोजेक्ट च्वाइसमा हाम्रो सघन सहभागिता नेपालको हुनुपर्छ । नेशनल वर्नरसिप । यो भयो भने मलाई लाग्छ इन्टरनेशनल फाइनान्सिङको कुरा गर्दा ऋणको जुन पार्ट छ, यसको इफिसेन्ट एलोकेसन हुनसक्छ । यो मोडेलमा जानुपर्छ । इन्टरनल ऋण बढाउनै हुँदैन भन्ने पक्षमा होइन । बढाउन सकिन्छ ।’

पूर्वअर्थमन्त्री महतले रिसोर्स बिनाको अनफण्डेट अधिकार खोलिरहेको बताए । उनले जलवायु वित्त पनि नेपालले न्युन पाइरहेको बताए । नेपालसँग पर्याप्त वन क्षेत्र रहेको बताएका छन् । बजेट धेरै विकृत भएको बताउँदै शुन्यबाट पुनः निर्माण शुरु गर्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?