Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न जरुरी रहेको बताएका हुन् । उनले नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए । उनले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताएका हुन् । नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने जिकिर गरे । उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा जोड दिए ।

पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘नेपालको सबैभन्दा ठूलो रिसोर्स भविष्यमा के हुनसक्छ भन्दा टुरिजम हुनसक्छ । त्यसमा म के देख्छु भने सबैभन्दा बढी को घुम्न जान्छ भन्दा र कहाँ जान्छ भन्दा नजिकका मान्छे नजिक ठाउँमा जान्छ । धेरै धनीहरु त यहाँ आउँदैनन् । तर मध्यम वर्गका चीन र भारतका मान्छे यहाँ आउनसक्छन् । उनीहरुमै धेरै जनसंख्या छ । ५० लाख भारत र ५० लाख मानिस चीनबाट आउनसक्ने सम्भावना छ । तर हामीसँग इन्फास्ट्रक्चर छैन । १० देखि १५ वर्ष लगातार ५० लाख भारत र ५० लाख चीनबाट पर्यटक आउने स्थिति बन्यो भने नेपालको अर्थतन्त्र के हुन्छ ? त्यो सम्भव छ । तर हामी ठूला कुरा मात्रै गरिरहेका छौँ । अबको हाम्रो दाबी पर्यटन, त्यसमा पनि छिमेकको पर्यटनमा हुनुपर्छ । अर्को कृषि नै हो ।’

पूर्वअर्थमन्त्री पाण्डेले प्रभावकारी सरकारको खोजि गर्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?