काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन् । बिहीवार शपथ ग्रहणलगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गरेका हुन् प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले साहलाई बिहीवार नै उद्योग मन्त्री नियुक्त गरेका थिए । पदभार ग्रहणलगत्तै मन्त्री साहले निवर्तमानमन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर थप योजना
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन्। बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री साहले बिहीबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका तीन वटा खाद्य व्यवसायमा आकस्मिक (र्यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गरेको छ। अनुगमनका क्रममा बालुवाटारस्थित आकाश फुड्समा उपभोग्य मिति सकिएका आठ बट्टा विना चिनीका लड्डु, पानीपुरीमा प्रयोग हुने गन्हाएको आलु तथा फ्राइङ
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विश्वव्यापी जलवायु परिवर्तनको कारण सिर्जित विपत्तीको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने बताएका छन् । दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई बिहीवार राजधानी काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकको लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेले राष्ट्रपति पौडेलसमक्ष आयोगको ७७औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा आयोगले एक वर्षभित्र गरेका काम कारबाही उल्लेख छन् । आयोगले आर्थिक
काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका लम्साललाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनका अनुसार बैठकले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु
काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गरेका छन् । पार्टी सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन नसकिने उनको
काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भोटेकोशी बाढीबाट प्रभावित रसुवादेखि चितवन र देशभरका नागरिकको अवस्थाप्रति दुःख व्यक्त गर्दै देउवाले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन्
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबै पक्षको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनले गत वर्षको भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ २४ गते भएको हिंसा, आगजनी र सार्वजनिक
काठमाडौँ। जेन–जी अभियन्ता मिराज ढुंगानाले नयाँ सरकार गठन भएपछि जनजीविकामा अपेक्षित सुधार आउन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले महँगी बढेको र सरकारले सुशासन तथा सामाजिक न्यायको क्षेत्रमा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । ढुंगानाले विशेषगरी गृहिणीहरू महँगीको मारमा परेको बताउदै उनले एक साताका