Trending
>>   असनमा आगलागी ! >>   काे हुन रुपन्देहीमा रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीश प्रल्हादकुमार योगी? >>   काभ्रेमा विहे गर्न नमानेपछि युवतीको अश्लील तस्वीर सार्वजनिक, युवक जेलमा ! >>   महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै >>   इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ >>   ट्रम्पद्वारा अमेरिकामा ५ सय अर्ब अमेरिकी डलरको एआई पूर्वाधार लगानीको घोषणा >>   नेपालमा पछिल्लो ६ महिनामा मात्र आगलागीमा परी २२ जनाको मृत्यु >>   प्रोजल ग्रिन इनर्जी र गोल्यान पावरद्वारा औपचारिक रूपमा संयुक्त उद्यम शुरु >>   भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ११ जनाको मृत्यु >>   सरकार पूर्णतः असफल र डेलिभरी दिन नसकेको हाम्रो निस्कर्ष होः डोलप्रसाद अर्याल (अन्तरवार्ता)
Logo
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

मुख्य समाचार


प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

काठमाडौँ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश प्रस्थान गरेका छन् । चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीलाई बिदाइ गरेका छन् । प्रधानमन्त्री ओली आज दिउँसो २ः३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भुमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुनेछ ।

शिक्षा सुधारका लागि तत्काल शिक्षा ऐन ल्याउनुको विकल्प छैनः शिक्षामन्त्री भट्टराई

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधि,विद्यालय,बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै शिक्षा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन वर्तमानलाई भन्दा पनि भविष्यलाई सोचेर बनाउन आवश्यक रहेको बताउदै

विद्यार्थी विदेशिने समस्या डरलाग्दो छः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा

जलवायु सम्मेलनमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड

काठमाडौँ । जलवायु परिवर्तमा काम गर्दै आएका संघ,संस्थाका प्रतिनिधिहरुले विश्व जलवायु सम्मेलनहरुमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड दिएका छन् । अजरबैजानको बाकुमा हालै सम्पन्न विश्व जलवायु सम्मेलन (कोप–२९)मा अपेक्षाकृत नेगोसिएशन बैठकहरु प्रभावकारी बन्न नसकेको बताएका हुन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति

क्रान्तिकारीहरुको लडाईं अझै टुंगिएको छैनः अध्यक्ष दाहाल

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारीहरुको लडाईं अझै नटुंगिएको बताएका छन्   । बुधवार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान—२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उनको भनाइ छ । उनले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका

जलवायु परिवर्तनको असरले नेपालको कृषि उत्पादनमा ४० प्रतिशत कमी

काठमाडौँ । जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले विगतको तुलनामा ४० प्रतिशत कृषि उत्पादन कमी आएको देखाएका छन् । .पाँच विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरिएको अध्ययनपछि यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् । त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभाग,चीनका दुई विश्वविद्यालय,भारतको दिल्ली

न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छः मुख्यमन्त्री सिंह

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाएका छन् । मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायाधीश नियुक्ति हुँदा मधेसी कोटा रहे पनि सोअनुसार नियुक्ति हुन नसकेको बताए । उनले मधेसीहरुको योग्यता नपुगको भए सुधार

सरकारी नम्बर प्लेटका दुई गाडीबाट ६ सय ९० किलो गाँजा बरामद

काठमाडौँ । सरकारी नम्बर प्लेट भएका दुईवटा गाडीबाट सुनसरी प्रहरीले ६ सय ९० किलो गाँजा बरामद गरेका छन्  । इलाका प्रहरी कार्यालय धरानको टोलीले गत राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेका हुन् । धरान १३

विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

काठमाडौँ । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेका छन्  । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएका हुन्  । रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुपूर्व चुनरीलाई

सम्वन्धित समाचारहरु