काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्वपूर्ण रहेकोले पर्यटन क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् । उनले
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ । मौसम विज्ञान विभागले आगामी तीन दिन(शुक्रवार, शनिवार र आईतवार) भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ । ५६
काठमाडौं ।नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम पहाडी क्षेत्रका लागि दिनुपर्ने बताएका छन् । जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम तराईका क्षेत्रहरुका लागि नभइ पहाडी क्षेत्रका लागि विनियोजन भएको भन्दै पहाडलाई दिनुपर्ने बताएका छन् । सरकारले सो रकम तराईमा
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । निर्माण व्यवसायीहरूले निर्माण कार्य गरे बापतको विगत आर्थिक वर्षहरुमै भुक्तानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएकोले महासंघले तत्काल भुक्तानी नदिए बाध्य
राष्ट्रपति रामचन्द्र पौडेलले सशक्त राज्य निर्माण भएमात्रै नागरिकले दुःख व्यहोर्नु नपर्ने बताएका छन् । भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्गे पुल औपचारिक उद्घाटन गर्दै बिहीवार रास्ट्रपति पौडेलले राज्य जति बलियो, सशक्त र सम्पन्न हुँदै जान्छ त्यति नै दुःखका दिनहरु हट्दै जाने बताउदै उनले सुस्ताबाट औद्योगिक क्रान्ति गर्न सकिने
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित अखिल(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढ्दै गएको बताए। उनले संसारभरको वर्तमान राजनीतिक परिस्थिति हेर्दा नेपाल भुराजनीतिको इपिसेन्टर बन्ने अवस्था रहेको बताउदै उनले नेपालको
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ ।चीन भ्रमण छोट्याएर बिहीवार स्वदेश फर्किएको रास्वपाको टोलीले सो कुरा बताएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताउनु भयो ।
काभ्रे । सडकबाट ७० मिटर तल झर्यो आइचर । पाँचखाल नगरपालिका वडा न ६ केराघारी ३७ किलोमा अरनिको राजमार्गमा आइचर गाडी ७० मिटर तल झर्दा चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । स्राेतः केशवराज पाैडेल
काठमाडौं । कात्तिक २९ गतेदेखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रश्तुती दिने भएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने भएको हो । दर्शकहरुलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ मह जात्रा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ
ललितपुर। आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी)की इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनको सिफारिस भएको छ। प्रारम्भिक छानबिनमा उनले आर्थिक लेनदेन गरेको खुलेपछि जिल्ला प्रहरी परिसर ललितपुरले निलम्बनको प्रक्रिया अघि बढाएको हो। अधिकृत तहको निलम्बन गृह मन्त्रालयबाट हुने प्रहरी नियमावलीको प्रावधान छ।