Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको छ: रास्वपा


काठमाडौ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ ।

मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले नेपालको दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरु भएको कुरा आएको भन्दै त्यसले सीमा सम्बन्धि विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गरेका छन् । महामन्त्री बुर्लाकोटीले रास्वपाले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा स्पष्ट रहेको पनि बताए । उनले प्रधानमन्त्री साहले उक्त विषयमा समय आएपछि जवाफ दिने बताउँदै विपक्ष दलहरुले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताएका छन् ।

उनले भने,‘अहिलेको जुन रिर्पोटहरु छ सामान्यतयाः । अब यो दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरु भएको छ । त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो । र यो चाहीँ अन्तर्राष्ट्रिय हिसावमा पनि छलफल गरेर जानुपर्दछ भन्ने जुन प्रधानमन्त्रीज्युले राख्नुभएको छ । त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ । कि हाम्रो सीमाको समाधान अलि छिटो गर्नुपर्छ । कुटनीतिक तवरबाट पहल गर्नुपर्छ भन्ने छ । यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आई नै हाल्छ । अव अर्कोलाई यो रिवर्स कूटनीति पनि हो । अर्कोतर्फ पार्टीले त यस अगाडि नै हामीले हाम्रो भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरु फिर्ता हुनुपर्दछ । र, भूमि फिर्ता लिनका लागि कूटनीतिक पहल गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेको छ । त्यो कारणले गर्दा पार्टीको धारणा स्पष्ट नै छ । र, यो विषय थप छलफलहरु अगाडि बढछ । यो तत्ठाउँहरुमा नै छलफल भएर अगाडि बढला । यो विषयमा मैले थप धारणा राख्नु भन्दा पनि पार्टीको धारणा स्पष्ट छ । हाम्रो भूमिहरु मिचिन दिनु हुँदैन । ती भूमिहरु फिर्ता ल्याउनका लागि कूटनीतिक पहलहरु गर्नुपर्छ भन्ने पार्टीको धारणा स्पष्ट छ । यही विषयमा हामी छलफल गरिराखेका छौ । प्रतिपक्ष दलहरुसँग हामीले यो विषयमा पनि छलफल गरिराखेका छौ । यो सदन सुचारु गरौ । त्यो विषयमा तत्अवस्थामा सरकारको तर्फबाट त्यसको कुराहरु आईनै हाल्छ भनेर हामीले यसरी राख्यौ । उहाँहरु यो विषय आएपछि मात्रै सदन अगाडि जान्छ भन्नु हुन्छ । त्यो उहाँहरुले राख्ने कुरा चाँही कस्तो छ भने त्यो आउँछ भनेपछि त्यसलाई अगाडि पनि बढाउनु प¥यो नि ।’

महामन्त्री बुर्लाकोटीले बजेट पारित गर्न ढिलाई हुने भएकाले पनि विपक्ष दलहरुले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?