Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म अरु विषयमा छलफल हुँदैनः हर्कराज राई


काठमाडौ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र साहले संसदमा आएर माफी माग्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति राष्ट्रहित विपरित भएकोले माफी माग्नुपर्ने बताएका छन् । उनले भारतलाई रिजाउने हिसावले बोलेको हो की भन्ने शंका उत्पन्न भएको बताए । प्रधानमन्त्री साहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथी नै खतरा हुने देखिएको उनको भनाई छ । उनले प्रधानमन्त्रीले नेपालले भारतको कहाँ, कति भूमी मिचेको हो भन्ने जानकारी दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘उहाँले बोल्नुभएको सरासर गलत छ, कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुन्न । उहाँले जे बोल्नु भएको छ, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथी नै खतरा हुने देखिन्छ । त्यो बोलिसकेपछि विभिन्न ठाउँहरुमा भारतीय सेनाहरु हातहतियार लिएर प्रवेश गरे, विभिन्न खालको योजनाहरु रोकिए, भन्ने कुराहरु आईरहेको छ । उहाँले आफ्नो गलत भनाईलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ । प्रधानमन्त्रीजस्तो मान्छे कसरी चिप्लिनुभयो होला र ? त्यसरी चिप्लिन पाईन्छ र भन्ने कुरा हो । अर्को कुरा मलाई अचम्म लाग्छ, तालिकामा हाम्रो बैठक थिएन, १७ गते थिएन, आईतबार विदाको दिन संसद राख्नुभएछ, उहाँ बोल्नुभएछ । सायद रविजी १८ गते भारत जाँदै गर्ने कारणले पनि आकस्मिक बैठक बोलाउनुपर्ने भयो की ? त्यो पनि हुनसक्छ ।’

उनले प्रधानमन्त्री साहले संसदमा आएर माफी नमागेसम्म संसदमा अरु विषयमा छलफल नहुने बताएका छन् । उनले राष्टियता भन्दा ठुलो बजेटको छलफल नभएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?