Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परे पुनः जवाफ दिनुहुनेछः सरकारका प्रवक्ता


काठमाडौ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह सरकारप्रति उत्तरदायी रहनुभएको स्पष्ट पारेका छन् ।

मंगलवार बसेको मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले आईतवारमात्रै सदनमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने प्रतिवद्धता जनाए । सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय भएको उनको भनाइ छ ।

उनले भने ,‘हामीले देखेकै छौँ, प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ । उहाँले केही दिनअघि सदनमा उपस्थित भएर जवाफ दिनुभएको थियो र आवश्यकता परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिनुहुनेछ । सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय हो । नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । त्यसैले आवश्यक सबै काम कारबाही कुटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको छ ।’

उनले नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको पनि बताए । आवश्यक सबै काम कारबाही कुटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको बताएका छन्।


प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?