काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन् ।
काठमाडाैं । कांग्रेसको महासमिति बैठक सरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय भएको हाे ।
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसपाले सबै मातहत समितिलाई यथाशीघ्र सदस्यहरूको अभिलेख पठाउन परिपत्र जारी गरेको सो पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए
काठमाडौं। नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उक्त परराष्ट्र मन्त्रालयमा आज पद बहाली गरेपछि सङ्क्षिप्त कुरा गर्दै उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरिन् । “मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिक लगायत विषयमा छलफल भइरहेकाे छ ।
काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गर्दै आज शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको बताएका हुन् । डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरूमा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन
काठमाडौं। काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइत लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । शुक्रबार महानगरले टुँडिखेलको सैनिक मञ्चमा आयोजित २९औँ महानगर दिवसको अवसरमा वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइत लगायतका व्यक्तिलाई सम्मान गरेको हो । उक्त महानगरले अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुप्रै रचना प्रकाशित गरेका जनकवि
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष तीन माग राखेका छन् । शुक्रबार महानगरको २९औँ महानगर दिवस कार्यक्रममा प्रमुख साहले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर यी तीन समस्याको समाधान गर्न माग गरेका हुन् । महानगर दिवसका अवसरमा बालेनले तीनकुनेको मुआब्जा, खोला अतिक्रमण र दीर्घकालीन रूपमा
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेश विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा सबैले ध्यान केन्द्रित