२४ भदौ, कैलाली । धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना अघि बढाएको छ । उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल
२२ ,भाद्र ,काठमाडौँ । काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल स्वास्थ्य खबर हेल्थ अवार्डबाट सम्मानित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा मेयर रिसाललाई उक्त अवार्ड प्रदान गरेका हुन्। नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रणका लागि उत्कृष्ट योगदान पुर्याएवापत रिसाललाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको
२२ भदाै, बर्दिया । एकीकृत सम्पत्ति कर एवं अन्य करको विरोध गर्दै राजापुर नगरपालिकामा तालाबन्दी भएको छ। कर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गराएका छन्। नेपाली कांग्रेस, नेकपा –एमाले), राप्रपा, नागरिक उन्मुक्ति, नेकपा (एस), राष्ट्रिय जनमोर्चालगायत दलले तालाबन्दी सँगै बजार बन्द गरेका
२२ भदाै, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ । महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको हो । काठमाडौं क्षेत्र ७ का क्षेत्रीय
२१ भदाै, काठमाडाैँ। काठमाडाैँ महानगरमा शुक्रबार (भोली) सार्वजनिक बिदा दिइएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिभजालको निधन भएको शोकमा भोली सार्वजनिक बिदा दिइने भएको हो । रिजालको बिहीबार बिहान काठमाडाैँको ग्राण्डी अस्पतलामा निधन भएको थियो । अस्पतालले दिएको जानकारी अनुसार रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे
१९ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारले जग्गा उपलब्ध गराएको अवस्थाका अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन पहल गर्ने बताएका छन् । मंगलबार बालेनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल
१८ ,भाद्र ,काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ । समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाडौँ उपत्यका गुम्बा तमु सेवा
१६ भदाै, काभ्रे । मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लघुउद्यमीका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटिसियन र
१६ ,भाद्र ,धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने मूल्याङ्कनमा यहाँका पालिकामध्ये पहिलो हुन सफल चार पालिकालाई सम्मान गरेको छ । समन्वय समितिको सातौँ जिल्ला सभाको अवसरमा गाउँपालिकाको तर्फबाट महाभारत र खानीखोला गाउँपालिका तथा नगरपालिकाको तर्फबाट धुलिखेल र बनेपा नगरपालिकालाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो
१५ भदाै, काठमाडाैँ । दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गरेका हुन् । सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा,