Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार


सिरहा। लहान नगरपालिकाले नगर क्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ ।

यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ भने सो सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा वडावडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ भने सो शिविरमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने लक्ष्य राखिएको छ ।

त्यसैगरी, गाउँघरमै आँखा जाँच शिविर सञ्चालनले यहाँका गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिल्ने नगरप्रमुख चौधरीको भनाइ रहेको छ ।

‘गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्’, उनले भने, ‘आँखा जाँच शिविरले गाउँका नागरिकलाई धेरै राहत मिल्नेछ ।’

उक्त नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखा जाँच शिविर सञ्चालन गरी निःशुल्क उपचार गराएको थियो ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?