Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन काठमाडौं महानगरको पुनः ताकेता


काठमाडौं। नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन काठमाडौं महानगरपालिकाले पुनः ताकेता गरेको छ ।

नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई बुधबार एकपत्र काट्दै महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको हो ।

‘प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नुहुन आग्रह गर्दछौँ’ महानगरपालिको जारी पत्रमा भनिएको छ ।

यसअघि सोही ब्यहोराको पत्र मिति २०८०/०९र१३ द्वारा पर्खालको पुनरसंरचना गर्न अनुरोध गरेको थियो, तर सो कार्य हालसम्म गरेको नदेखिएको हुँदा पुनः ताकेता पत्र लेखिएको महानगरपालिकाले जनाएको छ ।

418288040_370540848940770_7166972229045806352_n


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?