Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

स्मृतिसभा आयोजना गरी काठमाडौं महानगरले गर्‍यो सालिकमा माल्यार्पण र स्मरण


काठमाडौं। काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ । सप्ताह अन्तर्गत काठमाडौं महानगरले सोमबार सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड (मृत्युदण्ड) दिइएको स्थानमै स्मृतिसभा आयोजना गरी सालिकमा माल्यार्पण र स्मरण गरेको छ ।

सो अवसरमा महानगर उपप्रमुख सुनिता डंगोलले सहिदहरुले गरेको योगदानको स्मरण गर्दै सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ पुस्तालाई बेलैमा बुझाउन सके मात्रै सहिदको सम्मान हुने बताइन् । सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई वि.सं. १९९७ माघ १५ गते सोभा भगवती उकालोमा प्राणद्दण्ड दिइएको स्थानमै सोमबार महानगरले स्मृतिसभा आयोजना गरेर उनीहरुको योगदान र साहसको स्मरण गरी सम्मान गरेको हो ।

त्यसैगरी, उनले सहिद स्मृति सभामा जेष्ठ नागरिकको बाक्लो उपस्थिति भएको प्रति खुसी प्रकट गर्दै यस्ता स्मृति सभामा साना बालबालिकालाई पनि सामेल गराएर सहिद, राष्ट्र र इतिहासको बारेमा उनीहरुलाई जानकारी दिनुपर्नेमा जोड दिइन् । ‘अर्को पटक यस्तो कार्यक्रममा आउँदा आफ्ना नातीनातिनालाई पनि सँगै लिएर आउनुहोला । सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ पुस्तालाई बुझाएर इतिहासको सम्मान गर्न सक्यौँ भने मात्र वर्तमानमा हामीले चाहेको जस्तो काम गर्न सक्छौँ । यसले असल नागरिक बन्न सदैव प्रेरणा दिन्छ’ डंगोलले भनिन् ।

सो सभामा महानगर उप-प्रमुख डंगोलले सहिदद्वय श्रेष्ठ र चन्दको सालिकमा माल्र्यापण गर्दै उनीहरुले जनताको स्वतन्त्रता र अधिकार प्राप्तीको लागि गरेको संघर्ष र योगदानको सम्झना गरिन् । उनले सबै सहिदको सम्मान हुनुपर्नेमा जोड दिँदै भनिन्, ‘राष्ट्रको पहिलो सहिददेखि लिएर हामीले जनआन्दोलन ०६२-६३ मा आफ्नो ज्यान आहुती दिनेलाई पनि सम्झिनुपर्छ ।

देशमा आएको परिवर्तनको मुख्य उद्देश्य भनेको राष्ट्र निर्माण, जनताले पाउनुपर्ने अधिकार जुन हो पाउनुपर्छ र त्यसमा हामी सबै जनप्रतिनिधि,आम नागरिकले आ-आफ्नो जिम्मेवारी निष्पक्ष भएर असल नागरिक भएर पूरा गर्नुपर्छ ।’

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?