Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

स्मृतिसभा आयोजना गरी काठमाडौं महानगरले गर्‍यो सालिकमा माल्यार्पण र स्मरण


काठमाडौं। काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ । सप्ताह अन्तर्गत काठमाडौं महानगरले सोमबार सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड (मृत्युदण्ड) दिइएको स्थानमै स्मृतिसभा आयोजना गरी सालिकमा माल्यार्पण र स्मरण गरेको छ ।

सो अवसरमा महानगर उपप्रमुख सुनिता डंगोलले सहिदहरुले गरेको योगदानको स्मरण गर्दै सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ पुस्तालाई बेलैमा बुझाउन सके मात्रै सहिदको सम्मान हुने बताइन् । सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई वि.सं. १९९७ माघ १५ गते सोभा भगवती उकालोमा प्राणद्दण्ड दिइएको स्थानमै सोमबार महानगरले स्मृतिसभा आयोजना गरेर उनीहरुको योगदान र साहसको स्मरण गरी सम्मान गरेको हो ।

त्यसैगरी, उनले सहिद स्मृति सभामा जेष्ठ नागरिकको बाक्लो उपस्थिति भएको प्रति खुसी प्रकट गर्दै यस्ता स्मृति सभामा साना बालबालिकालाई पनि सामेल गराएर सहिद, राष्ट्र र इतिहासको बारेमा उनीहरुलाई जानकारी दिनुपर्नेमा जोड दिइन् । ‘अर्को पटक यस्तो कार्यक्रममा आउँदा आफ्ना नातीनातिनालाई पनि सँगै लिएर आउनुहोला । सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ पुस्तालाई बुझाएर इतिहासको सम्मान गर्न सक्यौँ भने मात्र वर्तमानमा हामीले चाहेको जस्तो काम गर्न सक्छौँ । यसले असल नागरिक बन्न सदैव प्रेरणा दिन्छ’ डंगोलले भनिन् ।

सो सभामा महानगर उप-प्रमुख डंगोलले सहिदद्वय श्रेष्ठ र चन्दको सालिकमा माल्र्यापण गर्दै उनीहरुले जनताको स्वतन्त्रता र अधिकार प्राप्तीको लागि गरेको संघर्ष र योगदानको सम्झना गरिन् । उनले सबै सहिदको सम्मान हुनुपर्नेमा जोड दिँदै भनिन्, ‘राष्ट्रको पहिलो सहिददेखि लिएर हामीले जनआन्दोलन ०६२-६३ मा आफ्नो ज्यान आहुती दिनेलाई पनि सम्झिनुपर्छ ।

देशमा आएको परिवर्तनको मुख्य उद्देश्य भनेको राष्ट्र निर्माण, जनताले पाउनुपर्ने अधिकार जुन हो पाउनुपर्छ र त्यसमा हामी सबै जनप्रतिनिधि,आम नागरिकले आ-आफ्नो जिम्मेवारी निष्पक्ष भएर असल नागरिक भएर पूरा गर्नुपर्छ ।’

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?