Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बीमितलाई प्रथम सेवा पाँच वडाबाट


काठमाडौं।  काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ ।
त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा केन्द्रबाट बीमितलाई सेवा प्रवाह गर्ने तयारी रहेको छ ।
त्यसैगरी, स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न गत पुस ११ गते महानगर र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । बीमितहरुका लागि प्रथम सेवा विन्दु कामपाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत गरिने भए पनि रोगको प्रकृति र आवश्यकता हेरेर थप उपचार अन्य सरकारी अस्पतालमा समेत पठाइने महानगरले जनाएको छ ।
बीमितहरुले बीमा गरेको अवधि तीन महिना पुगेपछि रु एक लाख बराबरको स्वास्थ्य उपचार सेवा लिन पाइने महानगरले जनाएको छ । बीमाअनुसार उपचार प्रप्त गर्नका लागि वार्षिक रु तीन हजार पाँच सय रकम तिनुपर्ने छ भने उक्त सुविधा नेपाली नागरिक जो सुकैले पनि लिन सक्ने कामपाले स्पष्ट पारेको छ ।
त्यस्तै, बीमा गरेकोप्रति पाँचजनाको परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा रु एक लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध हुनेछ । सो बराबरको रकम बीमा बोर्डले कामपाअन्तर्गत रहेको प्रवर्द्धन केन्द्रलाई सोधभर्ना गर्नेछ । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने बताइएको छ । ३२ वटै वडाका लागि बीमा दर्ता सहयोगी छनौट कार्य सम्पन्न भइसकेको छ ।
उक्त  कार्यक्रम सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारी र दर्ता सहयोगीलाई स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि तत्काल सुरु गर्ने कामपाको तयारी रहेको छ ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?