Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई कर्जा दिने


डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीलाई कर्जा दिने भएको छ । उक्त नगरपालिकाले एसइई वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिना ब्याजमा कर्जा दिने निर्णय गरेको हो ।

उक्त नगरपालिकाको १४औँ नगरसभाबाट प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिना ब्याजमा रू पाँच लाखसम्म कर्जा दिन निर्णय भएको नगरप्रमुख जोशीले जानकारी दिएका छन् । उनका अनुसार यसै शैक्षिक सत्रबाट लागू हुनेगरी सो कर्जा उपलब्ध गराउने कार्य अघि बढाइएको छ ।

त्यस्तै, आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई नगरपालिकाले बिनाब्याज शैक्षिक प्रमाणपत्र धितो राखेर उच्चशिक्षा अध्ययनका लागि ऋण दिने व्यवस्था गरेको प्रमुख जोशीको भनाइ थियो भने सो निर्णयले भित्री मधेशका विद्यार्थी हर्षित बनेका छन् ।

१४औँ नगरसभाबाट शैक्षिक कर्जासम्बन्धीको ऐन पारित गरी उक्त निर्णय कार्यान्वयन गर्न लागिएको नगरप्रमुख जोशीले जानकारी दिए । उच्च शिक्षा अध्ययन गर्नका लागि प्रदान गरिने कर्जा लिनका लागि विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा सरकारबाट मान्यता प्राप्त हुनुपर्ने प्रावधान रहेको परशुराम नगरपालिकाले जनाएको छ ।

त्यसैगरी, लक्षित समुदायका बालबालिकासहित लोपोन्मुख परिवार, विपन्न वर्ग र महिलाको शिक्षामा पहुँच बढाउन सहुलियतता प्रदान दिनेगरी नगरपालिकाले शिक्षामा लगानी गर्न लागेको जोशीको भनाइ थियो भने उक्त कर्जा लिनका लागि विद्यार्थीले वडाकार्यालयमा निवेदन पेस गरी सिफारिस लिनुपर्नेछ ।

उक्त ऋण एक परिवारको एकजनाले मात्रै पाउनेछन् । उक्त कर्जा रकम शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुुई वर्षभित्र ५० प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्षभित्र सबै फिर्ता गर्नुपर्ने प्रावधान राखिएको छ भने कर्जासम्बन्धी पारित भएको ऐन राजपत्रका प्रकाशित भएपछि चालु आर्थिक वर्षदेखि लागू गरिने नगरपालिका कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?