काठमाडौं। काठमाडौं महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ । अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ । उक्त महानगरपालिकाले भारतको इन्दोर सहरको फोहोर व्यवस्थापनमा खटिएका विज्ञसहितको टोलीलाई काठमाडौंको फोहोर व्यवस्थापनका लागि त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक पक्षको
सिरहा। सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् । “अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ”, नगरप्रमुख यादवले भने, “आगामी दिनमा यसलाई अझै
काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्यालयमा योग सिकाउने तयारी गरेको छ । महानगरले निदानात्मक उपचारका लागि योग र खेल सञ्चालन गर्ने मैदान निर्माणमा जोड दिएको हो । त्यस्तै, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले नवौँ राष्ट्रिय योग दिवसका अवसरमा सोमबार स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सो जानकारी दिएका हुन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४ औँ नगर सभा आज सुरु भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा प्रज्ञा प्रतिष्ठान, कमलादीमा सभाको आजको बैठक बसेको हो । सभामा लैजाने प्रस्तावहरुका विषयमा आज विहान काठमाडौँ प्लाजामा भएको २७ औँ कार्यपालिका बैठकमा छलफल भएको थियो । काठमाडौँ महानगरपालिका नगर सभाको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाद्धारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो ।
काठमाडाैं। काठमाडाैं महानगरपालिकाले स-साना विवादहरूलाई वडा तहमै समाधान गर्न वडा कार्यालयमै मेलमिलाप कक्ष स्थापना गरेको छ । त्यस्ता मेलमिलाप कक्षमा खटिएर विवाद समाधानका लागि महानगरपालिकाले मेलमिलापकर्तासमेत प्रशिक्षित गरी खटाएको छ । बिहीबार उपप्रमुख सुनिता डंगोलले ६६ जना मेलमिलापकर्ताहरूलाई तालिमपछि मेलमिलापकर्ताको शपथ गराइन् । उक्त महानगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी
३ ,पुष ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । कामपा सूचना प्रविधि समिति संयोजनसमेत रहनुभएका मानन्धरका अनुसार सम्मेलनमा आविष्कार, नवीनतम् सोच
काठमाडौं। महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । उक्त महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ
राँझा,बाँके। नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्र सञ्चालन गर्न आर्थिक सङ्कटमा परेको छ । यो दिवा सेवा केन्द्रमा नेपालगञ्ज उपमहानगरपालिकालगायत जिल्लाका अन्य स्थानीय तहबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलकुमार चौधरीले बताए । उनले विद्यालय भवन
जानकी। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका १ सय ३२ ई-रिक्सा नियन्त्रणमा लिएको छ । सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई-रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले बताएका छन् । उनका अनुसार