Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा


तनहुँ। बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् ।

उक्त मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् भने अहिलेको चलनचल्तीको मूल्य रु. एक करोड बराबरको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिएका छन् ।

त्यसैगरी, बन्दीपुरको केन्द्र मानिने स्थानमा बहुमूल्य जग्गा उपलब्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गरेको उनले बताए। ‘जग्गा प्राप्तसँगै आकर्षण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सहयोग मिलेको छ, भवनको पहिलो तलामा तीन सय जना क्षमताको सभा हल निर्माण गर्ने योजना बनाएका छौ,’ उनले भने, ‘भवनको दोस्रो तलामा विभिन्न जातजातिका कला संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरेर राखिनेछ ।’

उक्त गाउँपालिकाभित्रका सबै जातजातिको कला संस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्देश्य अनुरूप आफूले खुशी मनले जग्गा दान गरेको जग्गादाता श्रेष्ठले बताएका छन्। गत वर्ष गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि रु. ७० लाख विनियोजन भएकामा जग्गा नहुँदा रकम ‘फ्रिज’ भएको बताउँदै उनले अब त्यस्तो नहोस् भनेर जग्गा उपलब्ध गराएको स्पष्ट गरे ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?