Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ


काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा नं-२७ बाट सङ्कलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै सङ्कलन गर्न थालिएको छ भने ढुवानी र व्यवस्थापन पनि छुट्टा–छुट्टैरुपमा गर्ने गरिएको छ ।

त्यसैगरी, ५ हजार जनसंख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहोरको मात्रा दैनिक औसत ५ सय किलोग्राम रहेको छ । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले भनिन्, ‘एक हप्तामा जम्मा भएको फोहोरको एक पाइल बनाउँछौँ । एउटा पाइलमा करिब ३५ सय किलो जैविक फोहोर हुन्छ । एक भाग जैविक फोहोरमा एक भाग टोकोजाइ नामक व्याक्टेरिया मिसाउनु पर्छ । यसले फोहोरलाई गन्धरहित बनाउँछ । लिचेड निस्कन दिँदैन ।’

त्यस्तै, वडा नं. २७ मा फोहोर वर्गीकरण गरेर माघ २१ गतेबाट टेकु ल्याउन थालिएको थियो । त्यसपछि सङ्कलन भएको फोहोरलाई पाइल गरिएको हो । अहिलेसम्ममा ४ वटा पाइल तयार भइसकेका छन् भने सङ्कलित फोहोरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ । सो वडाबाट फोहोर उत्पादनको स्वरुपमा परिवर्तन आएको छ भने उक्त विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठले भने, ‘फोहोर छुट्टाउन थालेपछि कुहिने फोहोरलाई उत्पादक आफैँले मल बनाउन थालेका छन् ।

यसरी उत्पादन हुने फोहोर सङ्कलन गर्न महानगरपालिकाको रङ्ग सङ्केतसहितको सवारी साधन जान्छ । एउटै गाडीको हरियो रङ्ग भएको कोठामा कुहिने र नीलो रङ्ग भएको कोठामा नकुहिने फोहोर सङ्कलन गरेर ल्याउँछ भने सङ्कलित फोहोरलाई छुट्टाछुट्टै ठाउँमा खन्याएर प्रशोधन गर्ने गरिएको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?