Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने


एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने

काठमाडौँ । नेकपा एमालेले संसदमा आफूलाई एक सजग ‘वाचडग’ (पहरेदार) को रूपमा प्रश्तुत गर्ने संकल्प गरेको छ ।

संसदीय दलको बैठकपछि बोल्दै नेता रामबहादुर थापाले पार्टीले प्रतिपक्षको भुमिकालाई सहर्ष स्वीकार गरेको र सदनमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने बताएका छन् । एमालेले सदनलाई मात्र नभई सडक र अदालतको मोर्चालाई पनि उपयोग गर्दै जनताका मुद्दा उठाउने बताएको छ । बिहीवारको संसद मुख्यतः परिचय र बधाई साटासाट गर्नै भएकाले संसद चल्न दिने बताउनु भयो । आफ्ना आवाजहरु भने दृढतापूर्वक राख्ने उनको भनाइ छ ।

भोलि बस्ने सदनको बैठकबारे जानकारी दिँदै थापाले भने, ‘भोलिको सदन मुख्यतः परिचय र बधाई साटासाट गर्ने कार्यक्रम भएकोले हामीले कुनै अवरोध नगर्ने निर्णय गरेका छौँ । सदन चल्न दिन्छौँ, तर हाम्रा आवाजहरू र प्रश्नहरू भने दृढतापूर्वक उठाउनेछौँ ।’

सरकारलाई जवाफदेही बनाउन र आफ्ना घोषणापत्रका प्रतिबद्धताहरू पूरा गराउन एमालेले सदनमा रचनात्मक तर आक्रामक प्रतिपक्षको भुमिका निर्वाह गर्ने तयारी गरेको छ ।


प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?