Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा


नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सत्तापक्ष (रास्वपा) सँग संसदीय अंकगणित भएपनि वास्तविक जनमत भने प्रतिपक्षको पक्षमा रहेको दाबी गर्नुभएको छ । बुधवार पार्टी कार्यालयमा संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । थापाकाअनुसार कुल खसेको १ करोड ८ लाख मतमध्ये रास्वपाको पक्षमा ४७ प्रतिशत अर्थात झन्डै ५१ लाख मत मात्र परेको छ । बाँकी ५३ प्रतिशत मत रास्वपाको विरुद्धमा अर्थात प्रतिपक्षमा रहेका दलहरूको पक्षमा रहेको उहाँको तर्क छ । उहाँले नेपाली काँग्रेस, एमाले, नेकपा र मधेसवादी दलहरूलाई जनताले प्रतिपक्षको भुमिका दिएको र यो भुमिकालाई दृढतापूर्वक निर्वाह गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘संसदीय अंकगणितले रास्वपा बहुमतमा देखिए पनि जनमतको हिसावले ऊ अल्पमतमा छ र प्रतिपक्ष बहुमतमा छ ।’ निर्वाचनको पूर्ण समीक्षा आगामी केन्द्रिय समितिको बैठकमा गरिने भएपनि प्रारम्भिक रूपमा जनमतको यो अवस्थालाई एमालेले आफ्नो शक्तिको रूपमा बुझेको छ ।

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सत्तापक्ष (रास्वपा) सँग संसदीय अंकगणित भएपनि वास्तविक जनमत भने प्रतिपक्षको पक्षमा रहेको दाबी गरेका छन्  ।

बुधवार पार्टी कार्यालयमा संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । थापाकाअनुसार कुल खसेको १ करोड ८ लाख मतमध्ये रास्वपाको पक्षमा ४७ प्रतिशत अर्थात झन्डै ५१ लाख मत मात्र परेको छ । बाँकी ५३ प्रतिशत मत रास्वपाको विरुद्धमा अर्थात प्रतिपक्षमा रहेका दलहरूको पक्षमा रहेको उनको तर्क छ । उनले नेपाली काँग्रेस, एमाले, नेकपा र मधेसवादी दलहरूलाई जनताले प्रतिपक्षको भुमिका दिएको र यो भुमिकालाई दृढतापूर्वक निर्वाह गर्ने बताएका छन् ।

उनले  भने, ‘संसदीय अंकगणितले रास्वपा बहुमतमा देखिए पनि जनमतको हिसावले ऊ अल्पमतमा छ र प्रतिपक्ष बहुमतमा छ ।’

निर्वाचनको पूर्ण समीक्षा आगामी केन्द्रिय समितिको बैठकमा गरिने भएपनि प्रारम्भिक रूपमा जनमतको यो अवस्थालाई एमालेले आफ्नो शक्तिको रूपमा बुझेको छ ।


प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?