Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ


संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको एउटा स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताएका छन् ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उनले यस प्रक्रियालाई नकारात्मक ढंगले नहेर्न आग्रह गरेका छन् । सांसद नेम्वाङले संसदभित्र सत्तापक्ष वा प्रतिपक्षको साँघुरो घेराभन्दा माथि उठेर जनता र देशको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनले सरकारका राम्रा कामलाई सहयोग गर्ने र कमजोरीहरूलाई रचनात्मक आलोचना र सुझावका साथ खबरदारी गर्ने आफ्नो नीति रहने स्पष्ट पारेका छन् । उनले युवा पुस्ता र पार्टीका शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै यो आफ्नो पहिलो पाइला मात्र भएको र देश तथा जनताको हितमा निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘हामीले पार्टीभित्र रहिसकेपछि दलको नेता चयन गर्ने बेलामा लोकतान्त्रिक अभ्यासलाई अवलम्वन गर्ने प्रयास गरेका हौँ । यहाँ कुनैपनि दबाब भएको छैन । नतिजा मैले अपेक्षा गरेअनुसार नभए पनि अर्को उम्मेदवारलाई बढी योग्य ठानेर यो परिणाम आएको हुन सक्छ, जसलाई हामीले स्वीकार्नुपर्छ । आजको नतिजाले नेकपा एमालेभित्र रहेका कमजोरीहरूलाई सुधार्दै आत्मसमीक्षा र आत्मालोचना गर्ने अवसर दिएको छ । यसले भविष्यमा पार्टीलाई अझ सुदृढ बनाउनेछ ।’

एमालेले देशलाई समृद्धितर्फ लैजाने र जनताका मुद्दाहरू सधैँ उठाइरहने कुरामा आफू पूर्ण विश्वस्त रहेको पनि उनले बताए ।


प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?