Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण


खजुरा,बाँके। खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकामा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–५ ले आफ्नो वडाभित्रका अतिविपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरेको जनाएको छ भने सो वडाभित्र रहेका विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ दुई सय परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरिएको वडाध्यक्ष सराफत खानले बताएका छन् ।

त्यसैगरी, वडाध्यक्ष खानका अनुसार वडाअन्तर्गत रहेको बाबा मजार टोल, कसाइमण्डी, आँखा अस्पतालरोड, बेहनाटोल, रामनगररोड, एमपी स्कुलरोड, साइमार्ग, भट्टा टोल र जडीबुटी कार्यालय पछाडिको टोलका विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको हो । ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटरसमेत सबैलाई वितरण गरिएको छ ।

उक्त ग्यास चुलो पाएपछि खुसी हुँदै उनीहरूले ग्यास सिलिण्डरको समेत आशा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?