Trending
>>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण


खजुरा,बाँके। खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकामा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–५ ले आफ्नो वडाभित्रका अतिविपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरेको जनाएको छ भने सो वडाभित्र रहेका विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ दुई सय परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरिएको वडाध्यक्ष सराफत खानले बताएका छन् ।

त्यसैगरी, वडाध्यक्ष खानका अनुसार वडाअन्तर्गत रहेको बाबा मजार टोल, कसाइमण्डी, आँखा अस्पतालरोड, बेहनाटोल, रामनगररोड, एमपी स्कुलरोड, साइमार्ग, भट्टा टोल र जडीबुटी कार्यालय पछाडिको टोलका विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको हो । ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटरसमेत सबैलाई वितरण गरिएको छ ।

उक्त ग्यास चुलो पाएपछि खुसी हुँदै उनीहरूले ग्यास सिलिण्डरको समेत आशा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?