काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी छ । प्रदेश निर्वाचनको कार्यालय सुर्खेतमा बिहान नौ बजेदेखि नै मतदान सुरु भएको हो । उक्त मतदानका लागि स्थानीय तह र प्रदेश सभा सदस्यका लागि दुईवटा मतदान केन्द्र राखिएको छ । त्यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिस अनुसार २२ माघमा अधिवेशन आह्वान गरेका हुन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ९३ को उपधारा ९१० अनुसार राष्ट्रपति समक्ष अधिवेशन आह्वानका लागि सिफारीस गरेको थियो ।
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार उनले २२ माघको दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् । उक्त संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारेका छन् ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन् । उनले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रूपान्तरणको खाँचो औँल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने बताए । त्यस्तै, बुधवार बिहान प्रधानमन्त्री निवास
काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभा चुनावमा राप्रपा सँग गरेको तालमेललाई लिएर एमालेमाथि प्रश्न गरेका छन् । उनले राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो? भनेर प्रश्न गरेका हुन् । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा एमालेले राप्रपासँग तालमेल गरेको छ । विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस
नेपालगञ्ज। रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उनी भन्छन्, “व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन् । सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन् ।
काठमाडौं। नेपाली कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने ‘समुदायमा कांग्रेस ’ अभियान घोषणा गरेको छ । उक्त पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गते सम्म अभियान सञ्चालन गर्न लागेको जनाएको छ । केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला,
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरु वा शासकहरुले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताएका हुन् । कृष्णप्रसाद कोइरालालाई स्मरण गर्दै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वार्षिक २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले मुद्धाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको