८ ,श्रावण ,काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन, २०८० लाई सम्बोधन गर्दै उनले उद्यमीलाई आर्थिक सहयोगको खाँचो औँल्याए । “हामी ‘पाटन डज नट स्लिप (पाटन निदाउँदैन)’ भन्ने परियोजना ल्याउँदैछौंँ, यसमा उद्यमीलाई
८ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताएका छन् । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कांग्रेसले लिएका नीतिका कारण मुलुकमा बृहत् परिवर्तन सम्भव भएको उल्लेख गरे । कांग्रेसले बैठक
८ ,श्रावण ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन् । इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उनिसँग आज गरेको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डसँग नेपाली प्रगतिशील मञ्च
८ श्रावण, रोम (इटाली) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गरेका छन् । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताए
८ श्रावण, काठमाडाैँ । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ। आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। भेटमा सभामुख
८ श्रावण, विराटनगर । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्णइजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त रिटमाथिको सुनुवाइ पूर्णइजलासबाट हुने आदेश दिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा मङ्गलबारदेखि नै सुनुवाइ हुनेछ
८ श्रावण, बुटवल । अर्थमन्त्री डा प्रकाशशरण महतले आफ्नै सक्रियताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि तस्करीको सुन बरामद भएको बताए । उनले यस प्रकरणमा जरैसम्म
८ श्रावण, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहा पुगेका अध्यक्ष ओलीले हिजो उनिसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेको ओलीको सचिवालयले जनाएको छ । श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना
८ श्रावण, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनि त्यसतर्फ प्रस्थान गरेका हुन् । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले
८ श्रावण, बुटवल । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्र प्रवाह हुने लगानी बढ्ने उनको भनाइ छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको