Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीसँग मकवानपुरका जनप्रतिनिधिको भेट


१२ भदौ, काठमाडाैँ । मकवानपुरका जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । सङ्घीय सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसद र संविधानसभा सदस्यलगायतको प्रतिनिधिमण्डलले आज विहान प्रधानमन्त्री प्रचण्डलाई भेट गरी हेटौँडामा सडक विस्तारका विषयमा ध्यानाकर्षण गराएको प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले जानकारी दिए ।

उनले सडक विस्तार गर्ने सरकारको कामलाई जिल्लावासीले बाधा व्यवधान नगर्ने तर, सडक विस्तारकै कारण हेटौँडाको एचआईडी, मुख्यसडक, राप्तीसडकमा पर्ने घरधनी र व्यवसायीलाई मुआब्जा दिएरमात्र भत्काउनका लागि माग गरिएको जानकारी दिए । हेटौँडाको रातोमाटेदेखि राप्ती पुलसम्मको राजमार्ग विस्तार गर्दा यहाँ पर्ने घरधनीहरुलाई मुआब्जा दिनुपर्ने घरधनीहरुको माग छ ।

प्रधानमन्त्रीसँगको भेटमा उक्त  प्रतिनिधिमण्डलले सडक बिस्तारका क्रममा प्रभावित घरहरुको लगत सङ्कलन गर्नुपर्ने र त्यसपछि मुआब्जा दिएरमात्र भत्काउनका लागि ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिमण्डलमा सङ्घीय संसद्मा मकवानपुरबाट प्रतिनिधित्व गर्ने महेशकुमार बर्तौला, दीपकबहादुर सिंह, विन्दवासिनी कंशाकार, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, पूर्वसांसदहरु कृष्णप्रसाद दाहाल, अनन्त पौडेल, प्रदेशसभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवाललगायत थिए ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?