Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र


१२ भदौ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए । उनले भने, “गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ, गौवंश हत्याको विरोध गरी सामाजिक सद्भाव कायम राख्न यस ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।”

सो ज्ञापनपत्रमा गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाको माग गर्नुका साथै देशमा धार्मिक सांस्कृतिक सद्भाव कायम गर्न माग गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?