Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैनः मिनेन्द्र रिजाल


१२ भदौ, चितवन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताएका हुन् ।

कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्ने नेता रिजालले बताए । उनले भने, “कांग्रेसको पूर्ण समर्थन सरकारलाई छ, त्यो मूल्य र मान्यताभन्दा बाहिर जाने हो भने कांग्रेसको जुन नेतालाई फकाए पनि गठबन्धन टिक्दैन ।” कांग्रेसका केही आधारभूत मूल्य र मान्यता भएको भन्दै उनले त्यो आधारभूत मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताए ।

सरकारको सबैभन्दा ठूलो पार्टी कांग्रेस रहेको भन्दै उनले थपे, “कांग्रेस चाहिँ टाउकोमुनि मात्रै देखिने, अरूको अनुहार देखिने सरकार हुन सक्दैन ।”

नेपाली कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनु पर्छ भनेर कहीँ नबोलेको उनको भनाइ थियो । उनले भने, “केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय गरेका छौं ।” भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको उनले स्पष्ट पारे । उनले भने, “अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नु हुँदैन । कांग्रेस पार्टीले निर्णय नै गरेको छ ।”

सरकारको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भएको दोहोर्याउँदै उनले भने, “कांग्रेसले नचाहँदा न सरकार रहन्छ, न कुनै काम अघि बढ्न सक्छ । कांग्रेसको चाहना विपरीत भयो भन्नु झुट्टा प्रचार हो ।”


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?