३० ,कात्तिक ,म्याड्रिड। समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्रीछेमा पुनः निर्वाचित भएका छन् । कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनि पुन: निर्वाचित भएका हुन् । दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजय बनाएको हो । उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए ।
३० ,कात्तिक ,काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले पार्टी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले आज एक विज्ञप्ति जारी गरी संविधानसभा सदस्य एवं पार्टी सल्लाहकार श्रेष्ठको ८२ वर्षको उमेरमा उपचारका क्रममा गएराति नर्भिक अस्पतालमा निधन भएकामा पार्टीका तर्फबाट शोक प्रकट गरेका हुन् । नेपालको कम्युनिस्ट
३० ,कात्तिक ,काठमाडौँ । जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् । सङ्घीय प्रणालीमा स्थानीय तहलाई विकास निर्माणका कामको अधिकार दिइए पनि जनताले सांसदसँगै बढी अपेक्षा गर्नुले हाम्रो शासकीय व्यवस्थाको कार्यान्वयनमा समीक्षाको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान
काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले समाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताए। हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूर्ण नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला,
२८ ,कात्तिक ,भरतपुर (चितवन) । । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई/दुई ब्ल्याङकेट वितरण गरेका हुन् । सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन आएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताए । उनले भने, “चेपाङ समुदायले तिहार कसरी मनाउछन् हेर्नुछ । उनीहरुसँग बसेर देउसी, भैलो खेल्नु छ ।” नेपालमा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ती जनाएको छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल टिकटक बन्द गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन् ' टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई
काठमाडौं। सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि कतिपयले टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भनेका छन् भने कतिपयले सहमति तथा विमति जनाउदै सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी सुरू भएका छन्। टिकटक बन्द गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन सरकासँग आग्रह गर्दै राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले टिकटक बन्द गर्ने निर्णय
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश दिनुहुँदै नेपालीहरूको महान् पर्व शुभ दीपावलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली