Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संसदीय दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे


काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक तथा सचेकतसँग छलफल गर्दै छन् । मंगलबार सिंहदरबार स्थित संसद् सचिवालयमा सभामुखले छलफलका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बोलाएका हुन् ।

उक्त छलफलमा एमाले सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका छलफलमा सहभागी हुन सभामुखको कार्यालयमा पुगेका छन् । यता नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भने जिल्लाका कार्यक्रममा व्यस्त भएकाले बैठकमा सहभागी छैनन् ।

सभामुखले आसन्न संसद्को हिउँदे अधिवेशन लगायतका समसामयिक विषयमा छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

 

 


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?