Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

माघ २४ मा राप्रपा नेपालले पूर्वाञ्चल स्तरीय प्रशिक्षण गर्ने


काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा उक्त प्रशिक्षण आयोजना गरिएको सो पार्टीले जनाएको छ ।

त्यस्तै, यसअघि मुलुकका विभिन्न ६ ठाउँमा पार्टीले त्यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । महामन्त्री वर्तौलाका अनुसार सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भएपछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण सञ्चालन गरिनेछ ।

काठमाडौं, महोत्तरी,रुपन्देही, सुर्खेत, कञ्चनपुर र पोखरामा प्रशिक्षण सम्पन्न गरिसकेको सो पार्टीले अव इटहरीमा गर्न लागेको हो । माघ २४ को कार्यक्रमका सुनसरी जिल्ला समितिको बैठक बसी तयारी सुरु भैसकेको र जिम्मेवारी विभाजन गरी विभिन्न समितिहरू समेत निर्माण गर्ने काम गरिएको सह–महामन्त्री प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?