हेटौंडा। उपमहानगरपालिकाका वडाध्यक्षहरू एक महिनाअघि भएको सांघातिक आक्रमणको दोषी अहिलेसम्म पक्राउ नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको परिसरमै धर्नामा बसेका छन् । गत असार ४ गते दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यालयमै आक्रमण भएको थियो । घटनापछि आक्रमणकारीहरूको पहिचान भइसकेको जनप्रतिनिधिहरूको दाबी भएपनि
काठमाडौँ। समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुमित्रा बिसीले निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने बताइन । निकुञ्जभित्रै उद्योग खोल्न दिनेकुरा गलत रहेको र उत्खनन गरेर देशको विकास गर्ने काम राम्रो भएको बताएकी छिन् । कानून बनाउने नाममा निकुञ्जभित्रको केही प्रयोग गर्नै नमिल्ने बनाउनुले केही अर्थ नराख्ने बताइन । सांसद बिसीले
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बर्खास्ती गरेका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा पुगेका छन् । आईतवार उनी सहित केही नेताहरु लिएर उपाध्यक्ष गिरी निर्वाचन आयोगमा उजुरी दर्ता गराउन पुगेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ । आईतवार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानून विभागका सदस्यहरुले आयोगमा पुगेर यसबारे चासो राखेका हुन् । निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरुले अद्यावधिक गरिरहेको जानकारी
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने बताएकी छिन् । आईतवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सञ्चारमाध्यमहरु सकेसम्म आफैँ स्वनियमनमा जानुपर्ने बताइन । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र आफैँ अराजक
काठमाडौँ। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रविधिको बढ्दो विकासले आम मानिसको सामाजिक जीवनलाई चुनौती दिँदै गएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भण्डारीले यस्तो धारणा राखेका हुन् । उनले बढ्दो प्रविधिको विकासले सामाजिक–सांस्कृतिक जीवनमा समेत
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । नयाँ सञ्चार माध्यम (न्यु मिडिया) का नाममा सूचना संप्रेषणका हकमा नागरिकमाथि अनावश्यक हस्तक्षेप
काठमाडौँ। नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा नेताहरुले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको दाबी गरे । पार्टीमा रहेर पनि पार्टीलाई
काठमाडौँ। नेकपा एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गरेको कुरामा नेताहरुले आफ्ना धारणा राखेका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गरेका कुरामा आफ्ना
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा कुरा गर्दै पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यस्तो बताएका हुन् । उनले यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गरे । उनले प्रशंसा अभियान