काठमाडौँ। रष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको आरोप लगाएका छन् । शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यस्तो आरोप लगाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक अध्यागममा भइरहेको बद्मासीबारे सूचना दिए पनि गृह मन्त्रालयले बेवास्ता
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र) बीच समझदारी भएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले १८ दिनदेखि संसदमा नाटक मञ्च्न भइरहेको बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको बताए ।
काठमाडौँ। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पनि प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने विरोध जनाएन । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संसदमा उठेर विरोध जनाएका हुन् । संसदको कारबाही शुरु गर्ने क्रममा सभामुख देवराज घिमिरेले नेकपा
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले नखाएको विष नलाग्ने उल्लेख
काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको टेक एण्ड पे प्रावधान सच्याइने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा टेक एण्ड पे, टेक अर पे का विषयले चर्चा पाएको बताउँदै
काठमाडौँ। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित गरेको हो । सरकारको तर्फबाट भूमि व्यवस्था
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनको अवरोध हट्ने बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराए । लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आए पनि शुक्रवारबाट
काठमाडौँ। संसदीय समितिका सदस्यहरूले विदेशस्थित नेपाली राजदुतहरू र कुटनीतिक नियोगमाथि प्रश्न उठाएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो प्रश्न उठाएका हुन् । बैठकमा नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले विदेशस्थित नेपाली नियोग र राजदुतहरूको कार्यक्षमतामाथि प्रश्न उठाए । उनले वैतनिक
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले लोकतन्त्र र प्राप्त उपलब्धीमाथि खतरा मडारिरहँदा राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त भएको आरोप लगाएकी छिन् । शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले सात दशक लामो संघर्षबाट प्राप्त गणतन्त्रको इतिहास स्वर्णिम रहेको बताएकी हुन् । उनले जसरी एकतावद्ध भएर
काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ व्यवहारतः लागू हुन नसकेको टिप्पणी गरेका हुन् । उनले अख्तियार