Trending
>>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

प्रधानमन्त्रीलाई भारतले लिपुलेकबारे दबाब दिनसक्छ: पूर्वपरराष्ट्रमन्त्री पाण्डे


काठमाडौँ। पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधिनतामाथि सम्झौता गर्न नहुने बताएका छन्

नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेण्ड्स अन क्लाउडः प्ल्याटफर्म अफ इन्फ्लुएन्सर्स नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार मार्ग खोल्ने गरेको सम्झौतामा स्पष्ट अडान राख्नुपर्ने बताएका छन् ।

उनले नेपाललाई भारतले त्यसबारेमा दबाब दिनसक्ने भन्दै देशको स्वाधिनतामा आँच आउने काम कुनैपनि दबाबमा परेर गर्न नहुने सुझाव दिंदै चीन नेपालमाथि कुनै समस्या खडा गर्ने पक्षमा नरहे पनि भारत नेपालमा अस्थिरता र नियन्त्रणमुखी भुमिकामा देखिएको टिप्पणी गरेका छन् । २०७२ सालमा पनि यसैगरी सम्झौता भइ आफूले परराष्ट्रमन्त्री हुँदा कुटनीतिक नोट पठाएको स्मरण गरेका छन् । उनकाअनुसार अहिले हरेक राजनीतिक दलहरुमा नेतृत्व नभइ कमाण्डिजम हावी भएको पनि बताए ।

उनले भने, ‘९८ प्रतिशत सीमाना सीमाङ्कन भइसकेको छ । लिपुलेकमा दुवै देशसँग हाम्रो सीमानाको सीमाङ्कन हुन बाँकी छ । लिपुलेकको दक्षिणतिर भारत हो, उत्तरतिर चीन हो । बीचमा नेपाल छ । ९८ प्रतिशत सीमाङ्ककन भएको छ । प्रोटोकलमा सही गरौँ भन्छ । त्यो २ प्रतिशत पनि किन राख्ने सबै नक्शाङ्ककन गरौँ भनैँ म परराष्ट्रमन्त्री हुँदा । भारत नेपाललाई नियन्त्रण र अस्थिर राख्न चाहन्छ । उनीहरुको नीति छ त्यो । अहिले प्रधानमन्त्रीको भ्रमणमा एउटा एजेण्डा ९८ प्रतिशत सीमाना सीमाङ्कनमा सही गर्ने हुनसक्छ भनेर एउटाले भन्दै थियो । प्रधानमन्त्रीलाई दबाब दिनसक्छ भन्दै थिए । तर कसैको दबाबमा मुलुकको स्वाधिनतामा कम्परमाइज गर्न सकिँदैन । चीनले हामीलाई दुःख दिएको छैन । अहिले समस्या दक्षिण र उत्तरकोले हस्ताक्षर गरे । त्यो हस्ताक्षर ०७२ मा गरेको थियो । भूकम्पमा थियौँ हामी । डिप्लोमेटिक नोट मैले नै पठाएका हो । दुई मुलुकका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन् । अहिले हरेक पार्टीमा कमाण्डिजम हावी भएको छ । लिडर होइन ।’

कार्यक्रममा विज्ञहरुले नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भुमिका अपरिहार्य रहेको विज्ञहरूले औंल्याएका छन् । चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अन्वेषण लगायतका क्षेत्रमा गरेको उन्नतिबाट नेपालले पनि लाभ उठाउन सक्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?