Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

त्रिभुवन विमानस्थलकोआन्तरिक टर्मिनलको नवनिर्मित भिआईपी कक्षको उद्घाटन


काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भिआईपी कक्षको उद्घाटन गरिएको छ ।

विमानस्थलको आधुनिकर सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमवार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका छन्  । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रीपाण्डेले उक्त आवागमन कक्षले विमानस्थलकोभिड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे  । उनले विमानस्थलको भीडनियन्त्रण र सुरक्षालाई ध्यानमा राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको लागि छुट्टै आन्तरिकआवागमनको व्यवस्था गर्नुपर्ने पनि बताए  । उनले संवैधानिक निकाय, प्रशासनिकक्षेत्रका प्रतिनिधि तथा आम नागरिकका लागि फरक–फरक कक्षको व्यवस्था उपयोगी र व्यवस्थितहुने उनको विश्वास छ । मन्त्री पाण्डेले अन्तरराष्ट्रिय आवागमनको कक्षमा जस्तै आन्तरिकआवागमन कक्षमा समेत सिआईपीको व्यवस्था गर्न समेत सरोकारवाला निकायहरुलाई आग्रह गर्दै  विमानस्थलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन चरणबद्ध रुपमा सुधारका कामहरु गर्दै प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘संवैधानिक निकाय तथा प्रशासनिक क्षेत्रकाप्रतिनिधिहरुको र आम नागरिकको अलग अलग कक्षको व्यवस्था गरिदियौं भने त्यसले पनि विमानस्थलकोसुरक्षा र भिड नियन्त्रणमा सहजता हुनसक्छ । भोलिको दिनमा यी कक्षहरु सञ्चालन गर्दैर्दासमिक्षा गरौंला । राजनीतिक नेतृत्व, जनप्रतिनिधिहरुकोचाँही आवागमन हुने ठाउँ र प्रशासनिक, न्यायिक र संवैधानिक क्षेत्रका मानिसहरुकोआवागमन हुने ठाउँ केही सेपरेट भयो भने त्यसले केही सहजता हुनसक्छ । त्योदृष्टिकोढणबाट पनि हामीले हेर्यौं । हामीले अन्तरराष्ट्रिय हवाई क्षेत्रमा हामी सिआईपीकोव्यवस्था गरेका छौं । अब हामीले आन्तरिक आवागमनका लागि पनि सिआईपीको व्यवस्था गर्नकोलागि पनि म आग्रह गर्न चाहान्छु ।

यसअघि आन्तरिक टर्मिनलको भित्री क्षेत्रमा भीआईपी सेवा दिने गरिएको थियो । अब ठूलो ठाउँबाट भीआईपी सेवा उपलब्ध हुनेछ ।


प्रकाशित मिति: १० भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?