Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् ।

आईतवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै न ले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द शुरु हुने बताएका छन् । संविधान निर्माणको लागि २० वर्ष लागेको उनले स्मरण समेत गरे । यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उनको दाबी छ । त्यसको लक्षण पनि देखिन थालेको उनले बताए । संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाई छ । समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उनले बताए । समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला काँग्रेस र एमालेले सहमति गरेको पनि उनले उल्लेख गरेका छन् । तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसेकेको उनले स्वीकार गरेका छन् ।

उनले भने, ‘एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ । यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दैछौँ, आजको द्वन्द्वको नेचर कस्तो छ, भने हामी संघियतामा छौँ । दुई पालिकाका बीचमा प्राकृतिक स्रोतका लागी द्वन्द छ । अधिकारको बाँडफाँडको लागी द्वन्द्व भइरहेको छ, आजको द्वन्द्व । तर यदी संविधान असफल भयो भने अकल्पनिय द्वन्द्वहरु यो देशमा शुरु हुन्छ । जसले अब २० वर्षमा पनि संविधान बनाउनसक्ने स्थिति हुँदैन । ती कुराहरु तपाईहरुले यदाकदा लक्षणहरु देख्नुभएको छ होला । त्यसकारण संविधानको रक्षा, यसाको सुदृढीकरण, समयसापेक्ष संशोधन पनि म भन्न चाहन्छु । यही संविधानलाई बचाइराख्न पर्छ तर समयसापेक्ष यसमा परिमार्जन र यसलाई उन्नत गर्दै समय जुन गतिमा विकास, समाज जुन गतिमा विकास भइरहेको छ । संविधानलाई पनि त्यहि गतिमा उन्नत र परिवर्तन परिमार्जन गर्ने प्रक्रियाकामार्फत । त्यसकारण हामीले अहिलेको सरकार, अहिलेको समिकरण निर्माण हुनुभन्दा पहिला एक नम्बरमा हामीले संविधानको सार्थक संशोधन को विषय उठाएको हो । हालकी एक वर्ष भइसक्यो हामी त्यतातिर अलि परिणाममुखी ढंगले प्रवेश गर्न पाएका छैनौँ । त्यो सत्य हो, त्यो हाम्रो कमजोरी हो । तर संविधानको समयसापक्ष संशोधन र यो संविधानको सुरक्षा यो आवश्यक छ ।’

संविधानको समयसापेक्ष संशोधन र सुरक्षा आवश्यक रहेको उनको भनाई छ । अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउने गरेको उल्लेख गर्दै उहाँले त्यो पनि जायज रहेको बताए । यो संविधानमा कतिपय कुराहरु समेट्न खोज्दाखोज्दै पनि नसकिएको उनको भनाई छ ।


प्रकाशित मिति: ८ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?