काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिएका छन् । सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिएका हुन् । उनले संगठनको युवाको हक हित,
काठमाडौँ। कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री चौरसियाले यस्तो चुनौती दिएका हुन् । सांसद सिंहले मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै कल विवरण
काठमाडौँ। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकता बढी र स्रोतसाधनको कमीले गर्दा बजेटमा सबैको चित्त बुझ्न नसकेको बताएका छन् । सोमवार सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले आवश्यकताहरू बढी हुने र सोही अनुरूपको स्रोत र साधन नहुँदा बजेटमा सबैको चित्त नबुझ्ने जिकिर गरे ।
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा दशकौँदेखि हुन नसकेको संगठन तथा व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाएको दाबी गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । उनले प्रत्येक वर्ष दुई हजार पाँच सय स्वास्थ्य जनशक्ति थप्ने
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले बजेटले किसानको विपक्षमा काम गरेको आरोप लगाएका छन् । राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले सरकारले वर्तमान सरकार किसानको भन्दापनि व्यापारीको पक्षमा रहेको आरोप लगाएका हुन् । उनले उखु किसानलाई दिइँदै आएको अनुदान बन्द गरेर उखुबाटै उत्पादन भएका गुँड,
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणको निन्दा गरेका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विष्टले अन्तर्राष्ट्रिय सन्धी र ऐन कानूनअनुसार सार्वभौम सत्तामाथि भएको हमलाको निन्दा गरेका हुन् । उनले युद्धग्रस्त मुलुक इरान र इजरायलमा रहेको अवस्थाबारे परराष्ट्र
काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव वन्यजन्तु द्वन्द्व पनि बढ्दो रूपमा देखिएको बताएका छन् । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एकातर्फ वन्यजन्तु र जैविक विविधता संरक्षणमा सफलता प्राप्त हुँदा अर्कोतर्फ मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको बताए । उनले वनभित्रै रमाउने गरी वन जन्तुको संरक्षण
काठमाडौँ। नेकपा एमाले सांसद भगवती चौधरीले नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी छिन् । सोमवारको अर्थ समितिको बैकठमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नै नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन् । सोमवारको अर्थ समितिको बैठकमा बोल्दै उनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त
काठमाडौँ। नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताए । सुनचाँदी व्यवसायीहरुले