Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मुलुकलाई निकास दिन दलहरुले बढि भुमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भुमिका खेल्नुपर्ने बताएकी छिन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आवश्यक्ता औल्याएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले मुलुक संकटमा यस्तो अवस्थामा सधैँ रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्ने पनि बताइन् । उनले मुलुकलाई निकास दिन राजनीतिक दलहरुलाई सुझाव दिन पनि समाजका सबै तहलाई आग्रह गरिन् । राजनीतिक दलहरुले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाई गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष थियो ।

उनल भनिन्, सधै यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नु पर्छ । र हाम्रो शक्तिका स्रोत भनेको जनताहरु हुन । मेरो राजनीतिक दलहरुलाई के सुझाव छ भने–उहाँहरुले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार अनुसार कार्यक्रम गर्नु भएको छ कि छैन ? के सुझाव दिन्छन जनसमूदायले । त्यसका लागि जनताको बीचमा जानुपर्छ जस्तो लाग्छ मलाई । र, पार्टीहरुको बीचमा पनि समन्वय र सहकार्य गर्नु आवश्यक छ भन्ने मलाई लागेको छ । पार्टीहरु र विभिन्न सबै आस्थाका धरोहरको बीचमा छलफल, समन्वय भएर नै हामीले यो समस्यालाई समाधान दिन सक्छौं । र, हामी जस्तो खालको बसाईमा छौं । हाम्रो बसाईँ, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरुलाई पनि पीर पर्न सक्छ । त्यहाँ पनि समस्याहरु आउन सक्छ । त्यसैले हामीले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ । र, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । हामी सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेलौं । मैले पनि एउटा वरिष्ठ नागरिकको हैसियतले, सबैले चिनेको नागरिकको हैसियतले मैले गर्ने कुरा गर्छु । र दलहरुले बढि भुमिका खेल्नुपर्ने म ठान्छु । र, दलहरुलाई सबैले सुझाव पनि दिनुपर्छ । तर अव दलका नेताहरुले पनि बाहिर चाँही धेरै बोल्ने, आफ्नो पार्टी भित्र केही पनि गर्न नसक्ने यो तरिकाको चाहीँ मेरो आज सार्वजनिक रुपमा नै आलोचना छ । त्यसैले तपाईहरुले सबैको कुरा सुन्नुपर्छ । र त्यो कुराहरुको आधारमा हामीले हाम्रो पार्टीको मर्म र भावना अनुसार काम गर्न सकेको छ कि छैन ? यो कुरा बुझ्नुपर्छ । र, नयाँ पुस्ता कसरी आईराखेका छन ? नयाँ पुस्ताको मनोभावना के छ ? उनीहरुको माग के छन ? त्यसलाई राज्यले कसरी सम्बोधन गर्न सक्छ ? त्यस कुरामा हामी जानुपर्छ भन्ने मलाई लाग्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भुमिका निर्वाह गर्नुपर्ने समेत बताएकी छिन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?