Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

देउवाको घरमा भेटिएको पैसाबारे भिडियोको आधारमा धारणा बनाउन हुँदैन : विश्वप्रकाश


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएको भिडियोको आधारमा धारणा बनाउन नहुने बताएका छन् ।

सभापतिको घरमा रकम कहाँ र कसरी आयो भन्ने कुराको जवाफ की बुढानीलकण्ठ दिनुपर्ने की सरकारले नै अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । जेन—जी आन्दोलनको क्रममा क्षति पुगेको नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकन पश्चात सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले सबै नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने समेत बताएका छन् । उनले विगतमा धरै राजनीतिक परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा भएपनि जेन-जी पुस्ताको आन्दोलनले काँग्रेसलाई नै परिवर्तन हुन सन्देश दिएको बताए । उनले सरकारी संरचनादेखि व्यवपारिक प्रतिष्ठानहरुको आगजनी र तोडफोड जेन-जीको भावना अनुरुप नभएको बताएका छन् । महामन्त्री शर्माले आफुहरु शान्तिपूर्ण आन्दोलनमा रहेको र तोडफोड, आगजनी गर्ने कारवाही गरियोस् भन्ने कुरा जेन-जी पुस्ताबाटै आउनुपर्ने बताए ।

महामन्त्री शर्माले घाइते अवस्थामा रहेको संविधानलाई जोगाउन पनि फागुन २१ म प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताएका छन् । राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना, स्थानीय पालिकाहरुलाई निर्वाचनकै माध्यमबाट रिफ्रेस गर्न सकिने उनको भनाई छ । महामन्त्री शर्माले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन काँग्रेसले सहयोग गर्ने समेत बताएका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता काँग्रेसले खोज्ने उनले उल्लेख गरे। मन्त्रीपरिषद्मा योग्य व्यक्तिहरु आउँदै गर्दा जेनजी युवाको प्रतिनिधित्व हुन नसकेकोमा महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका छन् ।

महामन्त्री शर्माले पार्टीको नियमित महाधिवेशन मंसिर मसान्तभित्र गर्नुपर्ने मत बलियो रहेको बताएका छन् । नियमित महाधिवेशन हुन नसकेको अवस्थामा केन्द्रिय कमिटीले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको समेत उनले उल्लेख गरे । महामन्त्री शर्माले समयमै उठेका स्वरहरुलाई नसुन्दा ग्रेसफुल ऐक्जिटबाट नेताहरु फोर्सफुल ऐक्जिटलाई पुगेको जिकिर गरेका छन् । उनले पार्टी सभापति र कांग्रेसको स्वास्थ्य अवस्था दुबैलाई ठिक बनाउने समेत बताएका छन् ।

महामन्त्री शर्माले फरक–फरक विचारलाई समेत सम्बोधन हुने गरी केन्द्रिय समितिको बैठक मार्फत साझा धारणा बनाउने बताएका छन्।


प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?