Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

हल्लाबाजहरुलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँः अध्यक्ष ओली


काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हल्लाबाजहरुलाई देश छोड्न नसकिने स्पष्ट पारेका छन् ।

शनिवार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको बताए । पासपोर्ट रोक्ने भन्ने भ्रम फैल्याइएको भन्दै हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने स्पष्ट पारेका छन् । देश सबै नेपालीहरु मिलेर बनाउनुपर्ने भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने प्रतिवद्धता जनाएका छन् । देशलाई फेरि पनि सुशासन, शान्ति सुव्यवस्थामामा ल्याउने उद्घोष गरेका छन् । केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर हमला गर्न जाउँ भन्ने गरिएको भन्दै सरकार सुरक्षा दिनका लागि बसेको हो की होइन भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘म सुनिरहेको छु, अहिले सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ । पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ । के सोच्या छ ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ । देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्थामा ल्याउँछौँ । अहिले तपाईंहरुले हेर्नुभएको होला, सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाऔँ, घर तोकिएको छ, देखाइएको छ, सरकार के हेरेर बसेको छ । के गर्दैछ ?’

अध्यक्ष ओलीले सरकार यिनीहरुमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु लगायतका कुराहरु गरेर धाक लगाइरहेको बताएका छन् । सरकारका कर्तव्यहरु केही हुन्छन् की हुँदैनन् भन्दै प्रश्न गरे । सरकारमा हुनेहरुले सुरक्षा दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?