Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

देशको स्वाधिनता गम्भीर अवस्थामा छः वर्षमान पुन


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देश रहे र लोकतन्त्र रहे मात्रै प्रतिष्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरुले रुपान्तरणबारे सोच्नुपर्ने बताएका छन् । अहिलेसम्मका आन्दोलनको उपलब्धिको रक्षा, देशको स्वाभिमान र स्वाधिनता बचाउन जरुरी रहेको बताए। आजबाट आफूहरु पदाधिकारी नभइ महाधिवेशन आयोजक समितिको सदस्य भएको बताएका छन् । जेन जी आन्दोलनको मुल उद्देश्यलाई आत्मसाथ गरेर आफूहरुले यो निर्णय लिएको उनको दाबी छ ।

उंहाले भने, ‘हामी सबै महाधिवेशन आयोजक समितिको सदस्य भएका छौँ । पार्टीले जेन जी आन्दोलनको मुल स्पिरिट, पार्टीलाई लोकतान्त्रिकरण, शुद्धिकरण अझ नयाँ बनाउनुपर्छ । र जेन जी युवासहितको पार्टी बनाउनुपर्छ भन्ने स्पिरिटलाई सबैभन्दा पहिला अघि बढेर आत्मसाथ गरेको छ । यो जेन जी आन्दोलनका शहीदहरुप्रतिको सम्मान हो । घाइते अपांगता भएकाहरुप्रति को सम्मान हो । जसले आफ्नो आवाज व्यक्त गर्नुभएको छ, उहाँहरुप्रतिको सम्मान हो । हामी अरु पार्टीहरुलाई पनि भन्न चाहन्छौँ, पार्टी रुपान्तरण गर्नुस् देशको स्वाभिमान, स्वाधिनता, लोकतन्त्रको लागि सँगै काम गर्नुछ । देश रह्यो, लोकतन्त्र रह्यो भने प्रतिष्पर्धा हुन्छ । सबैले लोकतान्त्रिकरण गरौँ, सुधार गरौँ । देशको स्वाधिनता निकै गम्भीर अवस्थामा छ । अहिलेसम्मका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने, स्वाधीनता बचाउने, अझै अघि बढौँ, शासकीय प्रणालीमा सोचौँ ।’

नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक बिहीवारदेखि काठमाडौंमा जारी थियो । अध्यक्ष दाहाल आगामी महाधिवेशनको उम्मेदवार नहुने, प्रतिष्पर्धा नै नगर्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?