Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

देशको स्वाधिनता गम्भीर अवस्थामा छः वर्षमान पुन


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देश रहे र लोकतन्त्र रहे मात्रै प्रतिष्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरुले रुपान्तरणबारे सोच्नुपर्ने बताएका छन् । अहिलेसम्मका आन्दोलनको उपलब्धिको रक्षा, देशको स्वाभिमान र स्वाधिनता बचाउन जरुरी रहेको बताए। आजबाट आफूहरु पदाधिकारी नभइ महाधिवेशन आयोजक समितिको सदस्य भएको बताएका छन् । जेन जी आन्दोलनको मुल उद्देश्यलाई आत्मसाथ गरेर आफूहरुले यो निर्णय लिएको उनको दाबी छ ।

उंहाले भने, ‘हामी सबै महाधिवेशन आयोजक समितिको सदस्य भएका छौँ । पार्टीले जेन जी आन्दोलनको मुल स्पिरिट, पार्टीलाई लोकतान्त्रिकरण, शुद्धिकरण अझ नयाँ बनाउनुपर्छ । र जेन जी युवासहितको पार्टी बनाउनुपर्छ भन्ने स्पिरिटलाई सबैभन्दा पहिला अघि बढेर आत्मसाथ गरेको छ । यो जेन जी आन्दोलनका शहीदहरुप्रतिको सम्मान हो । घाइते अपांगता भएकाहरुप्रति को सम्मान हो । जसले आफ्नो आवाज व्यक्त गर्नुभएको छ, उहाँहरुप्रतिको सम्मान हो । हामी अरु पार्टीहरुलाई पनि भन्न चाहन्छौँ, पार्टी रुपान्तरण गर्नुस् देशको स्वाभिमान, स्वाधिनता, लोकतन्त्रको लागि सँगै काम गर्नुछ । देश रह्यो, लोकतन्त्र रह्यो भने प्रतिष्पर्धा हुन्छ । सबैले लोकतान्त्रिकरण गरौँ, सुधार गरौँ । देशको स्वाधिनता निकै गम्भीर अवस्थामा छ । अहिलेसम्मका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने, स्वाधीनता बचाउने, अझै अघि बढौँ, शासकीय प्रणालीमा सोचौँ ।’

नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक बिहीवारदेखि काठमाडौंमा जारी थियो । अध्यक्ष दाहाल आगामी महाधिवेशनको उम्मेदवार नहुने, प्रतिष्पर्धा नै नगर्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?