Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको होः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् ।

शनिवार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका छन् । जेनजी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको ओलीको भनाई थियो । उनले आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन पनि सरकारलाई चेतावनी दिएका छन् । आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओली कहीँ भ्रष्टाचार गरेको भए देखाउन पनि सरकारलाई चुनौति दिएका छन् ।

उनले भने,‘म अहिलेको जेन—जी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन । यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो । यो सरकारलाई म भन्न चाहन्छु–यो सरकारले मैले बोलेको अभिव्यक्तिहरु, मैले गरेका कामहरु प्रकाशन गरेर जनताको बीचमा ल्याओस् । अरुको पनि ल्याओस् । उहाँहरुका पनि ल्याओस् । मैले भनेका सम्पूर्ण कुराहरु यो सरकारले हिम्मतका साथ जनताका बीचमा पु¥याओस् । प्रकाशित गरोस कुराहरु । कर्मचारीलाई दिएको निर्देशनहरु रेकर्डट छन् । ती कुराहरु बाहिर ल्याओस । प्रहरीलाई दिएको निर्देशन रेकडेट छन । बाहिर ल्याओस् । अरु क्षेत्रमा गरेका कामहरु रेकडेट छन् । बाहिर ल्याओस । हामी कुनै षड्यन्त्र गर्र्र्दैनौ । हामी कुनै छलफल छाम गर्दैनौं । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अघि बढ्छौं । हामी जुनसुकै कुरामा पनि हाम्रो नीति हो–पारदर्शिताको, स्वच्छताको र जनतालाई सेवा, सुविधा उपलब्ध गराउने कुराको । शान्ति सुब्यवस्थत गर्ने कुराको, कानूनी राज्यको कुराको । हाम्रो नीति यही हो ।’

अध्यक्ष ओलीले एमालेले सधैंँ सरकारको नेतृत्व गर्दा छलछाम र षडयन्त्रका कुनै पनि गतिविधि नगरेको पनि दोहोर्याएका छन् ।


प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?