काठमाडौं : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले काङ्ग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति युवाहरुमा मोह घटेको उल्लेख गर्दै युवालाई केन्द्रमा राखेर काङ्ग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने बताए । शनिबार सिन्धुली काङ्ग्रेसको दुधौली नगरपालिकाको नगर सम्मेलनको उद्घाटन
१३ ,असोज ,जनकपुरधाम । अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले समस्याग्रस्त देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभालाई आज जनकपुरधाममा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भूकम्प, कोरोना महामारी र अन्तर्राष्ट्रियरूपमा भएको आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको दबाब
१३ ,असोज ,लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको बताएका छन् । उनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताए । चीनको ७४औँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज लुम्बिनीले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा निरन्तरको
१३ ,असोज ,वीरगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालले एक सय ३१औँ वर्षको अवसरमा आयोजित समारोहमा उनले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य
१३ ,असोज ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज स्वदेश फर्केको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक
१३ ,असोज ,काठमाडौँ । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए । कर्णाली
१३ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले आज काठमाडौँमा आयोजना गरेको शोकसभामा नेता केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन
१३ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र
छन्दु (चीन)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक