Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रतिवद्धताहरु पूरा नहुँदा नागरिकहरू राजनीतिप्रति असन्तुष्ट छन् : गणेशप्रसाद तिमिल्सिना


काठमाडाैं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरूले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरू निराश भएको बताएका छन् ।

बुधवार काठमाडाैंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनावमा दलहरूले जारी गरेका घोषणापत्र र उम्मेदवारहरूले गरेको प्रतिवद्धताहरु पूरा नहुँदा नागरिकहरू राजनीतिप्रति असन्तुष्ट रहेको बताएका छन् ।

उनले भने, ‘चुनावमा घोषणा पत्र दलहरूले जारी गर्दछन्, उम्मेदवारहरूले विकास, समृद्धि, सुशासन, न्याय आदि इत्यादि मत माग्दा भाषण गर्ने गर्छौँ । जे बोल्छौँ, त्यो गरिदिए हुन्छ । यहाँ त जे बोल्छौँ त्यो नगर्ने कुरा भएको हुँदा बिग्रिएको छ । त्यसैले हामी जे बोल्छौँ, त्यो गर्नुपर्छ ।’

उनले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताए । उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘ सत्तामा हुँदा एउटा कुरा हुन्छ, त्यहीँ प्रतिपक्षमा हुँदा अर्को हुन्छ । त्यो भनेको जे बोल्छौँ, त्यो नगरेर हो नि । मत माग्दा के भनेको छ, पाएर जितिसकेपछि अर्को भइदिएको छ । हामी गर्न सक्ने कुरा बोलौँ, बोलेको कुरा गरौँ ।’

अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकीसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिई कामकारबाही गर्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?